दुरसञ्चारले नयाँ प्रविधि भित्र्याउँदै, विदेशबाट ल्याएको मोबाइल नचल्ने


आर्थिकन्यूज

काठमाडौं, जेठ २९ । देश भित्रका सम्पूर्ण मोबाइल सेटको निगरानी गर्नको निमित्त मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) निकट भविष्यमै भित्र्याउने भएको छ । यसका लागि १३ विदेशी कम्पनीले इच्छा देखाएका छन् । झण्डै एक अर्ब लगानीमा विकास तथा सञ्चालन गर्न लागिएको यो अत्याधुनिक सिस्टमका लागि नेपाल दुरसञ्चार प्राधिरकणले आशयपत्र मागेको हो ।

मोबइलको ब्यापर प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले सेटलाई नै नियमन गर्ने गरी यो सिस्टम तयार गर्न लागेको हो । विदेशमा प्रयोगमा रहे पनि नेपालमा भने यसको प्रयोग नयाँ हो । सिस्टम लागू भएपछि देशभर सञ्चालित सबै मोबइल सेट सरकारी निगरानीमा रहनेछन् ।

मोबइलको आयातलाई नियन्त्रणमा पनि यो सिस्टम उपयोगी हुनेछ । अवैध रुपमा आयात भएका मोबइलललाई ब्लक गर्न सकिने गरी यो सिस्टम तयार गरिने भएको छ । सँगै आपराधिक गतिविधिमा प्रयोग भएका मोबाइको ‘ट्र्यास’ गर्न पनि यो प्रविधिको प्रयोग गरिनेछ ।

यो सिस्टमले के के हुन्छ ?
यो सिस्टम लागू भएपछि मोबाइल चोरीको समस्याहरु हट्ने दावी प्राधिकरणको छ । चोरी भएका मोबाइल कहाँ(कसले प्रयोग प्रयोग गरिरहेको छ भन्ने कुरा सजिलै पत्ता लाग्ने भएकोेले मोबाइल चोरी नहुने विश्वास गरिएको छ ।

आईएमईआई दर्ता नभएका मोबइल नचल्ने भएकाले भन्सार छलेर मोबइल भित्र्याउने क्रम पनि रोकिने छ । यसले अपराधिक घटनामा मोबाइल प्रयोग गर्ने प्रवृत्ति पनि निरुत्साहित गर्नेछ । नक्कली आईएमईआई नम्बरको प्रयोग पनि हट्नेछ । यो सिस्टम प्रयोग सुरु भएपछि विभिन्न आपाराधिक गतिविधिको अनुसन्धानमा पनिा सहयोग पुग्नेछ ।

यो सिस्टममा देशभर प्रयोग भएका सेटहरुलाई तीन प्रकारमा बाँडिनेछ । वैधानिक रुपमा प्रश्न नउठेका मोबाइलहरुलाई ‘ह्वाइट लिस्ट’मा राखिनेछ । हराएका र वैधानिकतामा प्रश्न उठेका मोबाइललाई ब्ल्याक लिष्ट (कालोसूची)मा राखिनेछ । नक्कली आईएमईआई राखेर दर्ता गरिएका सेटलाई ग्रे लिस्टमा राखिनेछ ।

यो सिस्टम प्रयोगमा आएपछि अवैधरुपमा आयात र प्रयोग गरिएका सेटमा सिम नै नचल्ने हुँदा मोबाइल सम्बन्धि सम्पूर्ण नियन्त्रण र नियमन गर्न सजिलो हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया