नेप्सेमा झिनो अंकको गिरावट


आर्थिकन्यूज

काठमाडौं, जेठ २९ । मंगलबार नेप्से १ दशमलव ९३ अंकले घटेर १ हजार २ सय ३९ दशमलव २६ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ६४ ले घटेर २ सय ६० दशमलव ४७ अंकमा पुगेर बन्द भएको छ ।

आज बजार खुल्ने वितिकै घटेको नेप्से साढे २ बजे पछि बढ्न थालेर पुन घटेर बजार बन्द भएको छ ।

मंगलबार १ सय ६० कम्पनीहरुका १ करोड ३७ लाख ९९ हजार १ सय २६ कित्ताको शेयर खरिदबिक्री हुदै २९ करोड ९० लाख ९३ हजार ५ सय ७९ रुपैयाँ कारोबार भएको छ ।

यस दिन सर्वा्धिक कमाउनेमा उन्नती माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ । त्यस्तै राद्यी विद्युत कम्पनी ७ दशमलव ११ प्रतिशत र न्यादी ग्रप पावरको ४ दशमलव ०९ प्रतिशतले बढेको छ ।

त्यस्तै यस दिन सर्वा्धिक गुमाउनेमा भने काबेली विकास बैंकको लगानीकर्ता रहेका छन् । जसको कारोबारमा ६ दशमलव १२ प्रतिशतले र अरुण भ्याली हाइड्रोपावरको ५ दशमलव ९५ प्रतिशत घटेको छ ।

९ वटा परिसूचकमध्ये ५ वटा समूहमा गिरावट आएको छ । भने३ वटा समुह बढेको छ र १ वटा समुह स्थिर रहेको छ ।

आज मल्टीपर्पज फाइनान्सको १ लाख ६४ ७३६ कित्ता बोनस शेयर, बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर र सिद्धार्थ इन्स्योरेन्स कम्पनिको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद शेयर प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर ९७ लाख ६३ हजार २ सय कित्ता र हकप्रद शेयर १९ लाख ८३ हजार १५० कित्ता शेयर सुचिकृत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया