जेठमा २ करोड कित्ताभन्दा बढी बोनस शेयर सूचीकृत


आर्थिकन्यूज
लाभांश

काठमाडौं, जेठ २९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जेठ महिनामा २ करोड ९ लाख १० हजार २ सय ३९ दशमलव ८१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत हुनेमा पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५ सय कित्ता, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको १६ लाख २८ हजार ५ सय ८२ दशमलव ७२ कित्ता, साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६ सय ५५ दशमलव ८६ कित्ता, प्राइम लाइफ इन्स्योरेन्सको १९ लाख ८३ हजार १ सय ५० कित्ता शेयर सूचीकृत भएको छ ।

त्यस्तैगरी नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३० लाख ५ हजार दशमलव २३ कित्ता, एभरेष्ट इन्स्योरेन्सको १ लाख २१ हजार ५ सय कित्ता, एनएलजी इन्स्योरेन्सको १२ लाख ८० हजार ८ सय १२ कित्ता, कर्णाली डेभलपमेन्ट बैंकको १ लाख २० हजार ८ सय कित्ता, नेपाल ल्युब आयलको २ लाख ६९ हजार ४ सय ३९ कित्ता र नेरुडे लघुवित्त वित्तीय संस्थाको ३ लाख ९७ हजार ८ सय कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया