३ वटा कम्पनीहरुको साढे ८६ लाख कित्ता शेयर सुचिकृत


आर्थिकन्यूज
शेयर सूचिकृत

काठमाडौं, जेठ २९ । नेपाल स्टक एक्चेन्जमा आज ३ वटा कम्पनीहरुको हकप्रद शेयर तथा बोनस शेयर गरी कुल ८६ लाख ४३ हजार ७०३ दशमलव १९ कित्ता शेयर सुचिकृत भएका छन् । जसमा मल्टीपर्पज फाइनान्सको १ लाख ६४ ७३६ कित्ता बोनस शेयर, बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर र सिद्धार्थ इन्स्योरेन्स कम्पनिको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया