वैदेशिक रोजगारीका लागि विदेश गएकालाई खुसीको खबर, आयो ५ वर्षे वैदेशिक रोजगार बचत पत्र


आर्थिकन्यूज
राष्ट्र बैंक

काठमाडौं, जेठ २९ । नेपाल राष्ट्र बैंकले ५ वर्षे वैदेशिक रोजगार बचतपत्र २०८० निस्काशन गर्ने भएको छ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन मिल्ने गरी राष्ट्र बैंकले बचत पत्र निस्काशन गर्न लागेको हो ।

Eco Roofing

बचतपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिने र उक्त ब्याज ६÷६ महिनामा भुक्तानी हुुने राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगार बचतपत्र २०८० (५ वर्षे) नाम दिइएको उक्त बचत पत्र निष्कासन हुने रकम भने २५ करोड रुपैयाँ रहेको छ । घटीमा पाँच हजार रुपैयाँ र बढीमा रु. पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचत पत्र खरिद गर्न सकिने छ ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने । असार १ गतेदेखि २०७५ असार २१ गतेसम्म बिक्रि खुला रहने बताइएको छ । निष्कासन भने २०७५ असार २७ गते हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया