लौ आयो आरएसडीसी लघुवित्तको ६० प्रतिशत हकप्रद शेयर


आर्थिकन्यूज
आरएसडिसी

काठमाडौं, जेठ २९ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC Laghubitta Bittiya Sanstha Ltd.) ले ५ बराबर ३ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले सय रुपैयाँ अंकित मुल्यमा २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

Eco Roofing

निष्कासन खुल्ला मिति असार १७ गते देखि साउन २० गते सम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौं तथा शाखा कार्यलयहरु ललादरबार काठमाडौं, लगनखेल, ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचके विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी आरएसडीसीको बुटवल कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका भित्र बाहेकका सम्पुर्ण शाखा कार्यालयहरुबाट र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ ।

हाल ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको आरएसडिसी (RSDC) ले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया