ट्रम्प र किम जाेङबीच ऐतिहासिक सिंगापुर वार्ता सम्पन्न


आर्थिकन्यूज

एजेन्सी, जेठ २९ । विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको ऐतिहासिक बैठक सिंगापुरस्थित क्याम्पेला होटलमा भएको छ । दुई नेताबीचको वार्ता स्थानीय समय अनुसार बिहानको ९ः१५ बजे सुरु भएको थियो । दुवै नेताबीच करिब ५० मिनेट वार्ता भएको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन् ।

Eco Roofing

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ(अन आजभन्दा एक महिनाअघिसम्म पनि सोच्दै नसोचिएको एउटा शिखर बैठकमा सहभागी भएका छन्। सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाए।द आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे । त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागे ।

दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी हुँदै छन् । बरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन् । वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता ’राम्रो तरिकाले अघि बढेको’ बताएका थिए ।

त्यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् ।

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि ’एक पटकको अवसर’ भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । वाशिङटनको विश्वास छ शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ र्डोर्याउनेछ ।

उत्तर कोरियाले निश्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ । तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन । विश्व राजनीतिको एक कोसेढुँगा मानिएको इतिहासमै पहिलोपटक अमेरिका र प्रमुख र उत्तर कोरियाली नेताबीच प्रत्यक्ष भेटवार्ता भएको हो ।

शिखर सम्मेलन सुरु हुन एक दिन अगाबै ट्रम्प र किम दुवै बैठकस्थल पुगेर केही समय दुईजना मात्र बसेर समेत वार्ता गरेका थिए। होटल क्यापेला भित्र प्रवेश गर्दैगर्दा किम र ट्रम्प दुवै गम्भीर मुद्रामा देखा परेपनि हात मिलाएपछि भने हाँस्दै एकअर्कालाई अभिवादन गरेका थिए ।

विगत एक वर्ष पहिले एक अर्का विरुद्ध अपमानजनक शब्द प्रयोग गर्दै एकअर्कालाई ध्वस्त पार्ने धम्की समेत दिएका थिए । त्यस समय यी दुई राजनीतिज्ञहरुबीच प्रत्यक्ष भेटवार्ता हुनेबारे कसैले सोच्न पनि सकेको थिएन । दुवै पक्षको कुरा नमिलेपछि उत्तर कोरियाको क्रुर व्यवहारलाई जिम्मेवार ठहर्याउँदै राष्ट्रपति ट्रम्पले सम्मेलन रद्द गर्ने घोषणा गर्दै किमलाई बैठक स्थगित भएको भन्ने चिठी समेत पठाएका थिए । तर अनेकौँ चुनौतीपछि उत्तर कोरियाली र अमेरिकी अधिकारीबीच पुनः वार्ता हुँदा ऐतिहासिक बैठक निर्धा्रित समयमै भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया