‘छक्का पञ्जा–३’ मा नायीकाको रुपमा स्वस्तिमा खड्का पनि, को हुन् स्वस्तिमा ?


आर्थिकन्यूज

काठमाडौं, जेठ २८ । पहिलो पटक निर्देशन गरेको सिनेमाको सफलता पछि दीपाश्रीले दोस्रो सिनेमा ‘छक्का पञ्जा २’ पनि निर्देशन गरिसकेकी छिन् । यसैको शृङ्खला छक्का पञ्जा–३” पनि यस वर्षको दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हो । फिल्म ‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा अभिनेत्रीको भुमिकामा स्वस्तिमा खड्काको पनि प्रवेश भएको छ ।

यतिबेला यो फिल्मको पोखरामा छायांकन चलिरहेको छ । स्वस्तिमाले गत सनिबारदेखी सुटिङमा ज्वाइन गरिसकेकी छिन् । फिल्मको केही दृश्यसँगै एक गीतमा उनलाई देख्न पाइने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । उनको दृश्य खिचिसकेपनि गीतको छायांकन भने बाँकी छ । ‘छक्का पञ्जा २’ मा उनले प्रियंका कार्कीको छोरीको भूमिका निर्वाहा गरेकी थिइन् । फिल्मको असार पहिलो साताबाट सुटिङ सकिने बताइएको छ ।

यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहने भएको छ । ’छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखा पर्ने भएकी छिन् ।

अभिनेत्री स्वस्तिमा खड्कासँग सम्बन्धि केही जानकारी
जन्म मिति : जुलाई ४
जन्म स्थान : काठमाडौं
एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर
उचाइ :५ फिट ६ इन्च
शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ क्याम्पस
पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५)
पहिलो चलचित्र : होस्टल रिटन्र्स
पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ)
पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य
लक्ष्य : सफल कलाकार बन्ने
पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स
श्रीमान् : निर्देशक निश्चल बस्नेत
पहिरन : क्याजुअल
पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।

फेसबुकबाट तपाईको प्रतिक्रिया