स्पेनी प्रधानमन्त्री साञ्चेजले क्षमा माग्नुपर्छः गोलरक्षक


रासस/एएफपी

म्याड्रिड, स्पेन,  जेठ २८ । स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गर्नुभएको छ । 

Eco Roofing

यसै महिना अनुदारवादी नेता मारिआनो रखोएले प्रधानमन्त्रीका लागि स्पेनी संसदमा विश्वासको मत गुमाएपछि स्पेनी नेतृत्वमा आउन सफल समाजवादी नेता साञ्चेजले दुई वर्ष पहिले म्यानचेष्टर यूनाइटेडका खेलाडीमाथि भएको यौन आक्रमणमा मुछेर डे गेहको आलोचना गर्नुभएको थियो ।

त्यतिवेला साञ्चेजले डे गेह स्पेनी राष्ट्रिय टोलीको गोलरक्षक हुँदा आफूलाई सहज महशुस नभएको बताउनुभएको थियो ।
तर गत हप्ता स्पेनी टोलीको विश्वकप खेलका लागि रसिया प्रस्थानका समय विदाईका लागि साञ्चेज आउँदा अन्य सदस्यले प्रधानमन्त्रीको आगमनको प्रशंसा गरेपनि डे गेहले वेवास्ता गर्दै खल्तीमा हात राखेर उभिएको दृष्य सञ्चारमाध्यमा भाइरल बनेको थियो ।

“म उहाँको क्षमायाचनालाई नम्रतापूर्वक स्वीकार गर्नेछु,” स्पेनी सञ्चारमाध्यमले गोलरक्षक डे गेहलाई उद्धृत गर्दै जनाएका छन् । “कुरा के हो भने उहाँले मेरो आलोचना सार्वजनिक रूपमा गर्नुभएको थियो र म चाहन्छु क्षमायाचना पनि त्यसरी नै गर्नुपर्छ ।”

एक जना महिलाले महिलाहरू फुटबल खेलाडीसँग यौनकार्य गर्न मजबुर पारिएको स्थानमा डे गेहले एक भोजको आयोजना गरेको आरोप साञ्चेजले लगाउनुभएको बताइएको छ । तर डे गेले उक्त आरोपको खण्डन गरिरहनुभएको छ भने यसबारे छानबिन हुँदा उहाँ निर्दोष ठहरिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया