सुधीर बस्नेतको नाममा केहि नै छैन ! ओरियण्टल पीडितले कसरी न्याय पाउलान ?


आर्थिकन्यूज

काठमाडौं, जेठ २७ । समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठन भएको ओयोगले ओरेन्टल कोओपरेटिभका पीडितलाई न्याय दिन अझै सकेको छैन ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, सरकारले आयोग गठन गरिदियो तर पीडितलाई दिन रकम चाहिँ दिएन र ओरियण्टल कोओपरेटिभ सञ्चालक सुधिर बस्नेतको नाममा कुनै पनि सम्पत्ति भेटिएको छैन ।

सुधीर बस्नेतको नाममा रहेका सम्पूर्ण सम्पत्तिहरु बैंक र अन्यको नाममा रहेको अध्यक्ष कार्कीले बताए । बस्नेतको नाममा रहेका सम्पत्तिहरुको खोजिरहेका छौं कार्कीले भने ।

विभिन्न बैंकबाट बस्नेतले लिएको ऋणको धितोमा रहेको जग्गा र घर बैंकको नाममा रहेको कार्कीले आर्थिक न्युजडटकमलाई बताए ।

यता सुधीर बस्नेतको परिवारले भने, ‘पीडितको सम्पूर्ण तिर्न पर्ने रकम तिर्न तयार रहेको तर बैंकहरुमा रहेको सम्पत्तिलाई विक्री गर्ने मौका दिन पर्यो । देशबाट बाहिर गएका छैनौं नेपालमा नै छौं भएको सम्पत्ति सबै नेपालमा नै रहेको छ यसैबाट समाधान खोज्न पर्यो ।’

बस्नेतले प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङका लागि ऋण दिएका थिए । त्यस्तै, नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले ऋण लिएका छन्।

ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भएपछि शुक्रबार सहकारी पीडितहरु गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउन पुगेका छन् ।

सहकारी ऐन ०४८ अन्तर्गत ०५३ सालमा स्वीकृति प्राप्त २३६ नम्बरमा दर्ता भएको बस्नेतको ओरियण्टल सहकारीले देशका प्रमुख शहरहरुमा १३ वटा शाखासमेत विस्तार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया