बैंकिङ क्षेत्रमा बिग मर्जर होला ? तीन सरकारी बैंक एक बनाउन छलफल


आर्थिकन्यूज

काठमाडौं, जेठ २७ । सरकारी स्वामित्वका तीन बैंक एकीकृत गरे सञ्चालनका लागि अर्थ मन्त्रालयमा छलफल शुरु भएको छ । सरकारी निकायकै तीन वटा बैंक किन एक हुनुपर्छ र भन्ने सवाल अर्थ मन्त्रालयमा उठेको हो । सरकारले एउटै प्रकृतिको काम गर्ने तीन वटा बैंक आवश्यकता छ÷छैन वा यसको औचित्यता कस्तो रहन्छ भन्ने विषयमा अर्थ मन्त्रालयमा छलफल भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले बताए ।

Eco Roofing

‘तीन वटा बैंकमध्ये दुईवटा बैंकलाई शेयरमा लैजानुपर्ने हो कि भनेर सोचिएको हो,’ उनले भने–‘तर, तीन वटै बैंकलाई मर्जर गर्दा ठूलो बैंक बन्ने र समस्या आएमा अर्थात बैंक फेल भएमा थेग्न गाह्रो हुने विषयमा पनि कुरा उठेका छन् ।’ हाल सरकारले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक सञ्चालन गर्दै आएको छ ।

सरकारले बजेटमार्फत् सरकारी सेवालाई एकीकृत गर्दै आएको सन्दर्भमा सरकारी बैंकका सम्बन्धमा पनि सो छलफल भएको हो । निजी बैंकका विषयमा भने अहिले कुनै त्यस्तो छलफल नभएको खरेलले प्रष्टाए । ‘आजसम्म बजारमा उठिरहेको विग मर्जरको विषय मिडियाबाजी मात्रै हो,’ उनले भने–‘मौद्रिक नीति कुुनै विषय सम्बोधन भए त्यो अर्को पाटो हो ।’ मेरो बुझाइमा त्यो अहिले सम्भव छैन ।

राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पुँजी वृद्धि योजनाको भार थेग्न नै गाह्रो भएको हालको अवस्थामा बिग मर्जरको दबाब आफूले थेग्न नसक्ने बताए । अहिले बैंकहरूलाई बिग मर्जर लैजाने बेला नभएको राष्ट्र बैंकको भनाइ छ । भर्खरै पुँजी वृद्धिको योजनाको भार बैंकहरूले बल्ल तल्ल थेगिरहेका छन् ।

यसलाई व्यवस्थित गर्न बैंकहरूलाई अझै सकस परिरहेको छ । पुँजी वृद्धिसँगै बजार तरलता संकटको मारमा परेको छ । जुन क्रम यस वर्ष पनि दोहोरियो । बल्लतल्ल बैंकहरूले पुँजी बढाएका छन् । बढाएको पुँजीको सही उपयोग गर्ने क्रममा भएकाले पनि अहिले बिग मर्जर सम्भव छैन । राष्ट्र बैंकले अबको ५/६ वर्षपछि भने जबरजस्ती मर्जरमा लैजान सक्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया