पर्यटन क्षेत्रबाट १ खर्ब ५५ अर्ब आम्दानी, पर्यटकको लक्ष्य २० लाख


आर्थिकन्यूज

काठमाडौं, जेठ २७ । नेपालको पर्यटन क्षेत्रका आगामी ३ वर्षमा १ अर्ब ५५ र्आ ३५ करोड रुपैयाँ आम्दानीले लक्ष्य अगाडि सारिएको छ । सरकारले सार्वजनिक गरेको मध्यकालिन लक्ष्य अन्तर्गत ३ वर्षभित्र वार्षिक २० लाख पर्यटक भित्रने र आम्दानी डेढ खर्ब पुर्याउने उल्लेख छ ।

Eco Roofing

आर्थिक वर्ष २०७५/७६ मा १२ लाख पर्यटक भित्र्याउने तथा अर्को वर्ष १६ लाख पुर्याउने लक्ष्य पनि रहेको छ । गत वर्ष ९ लाख ५३ हजार पर्यटक मात्रै नेपाल भित्रिएका थिए ।

यसबाट पर्यटन क्षेत्रले ५४ अर्बको कारोबार गरेको थियो । सरकारले ग्रामिण स्तरमा पनि पर्यटक पुर्याउने लक्ष्यसमेत अगाडि सारेको छ । पर्यटकको बसाई ३ वर्षभित्र १४ दिन पुर्याउने उल्लेख छ ।

प्रतिदिन खर्च ६६ डलर पुर्याउने उल्लेख छ । गत वर्ष पर्यटकले गर्ने यस्तो खर्च प्रतिदिन ५३ डलरमात्रै थियो । स्रोतः कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया