नेपाल इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर लिलामीमा, ६८६ रुपैयाँको शेयर कतिमा पाइएला ?


आर्थिकन्यूज

काठमाडौं, जेठ २७ । नेपाल इन्स्योरेन्सको १ लाख ६१ हजार १२४ कित्ता शेयरको आगामी असार ३ देखि १० गतेसम्म लिलामी खुला हुने भएको छ ।

Eco Roofing

यो समयभित्र शिलबन्दी बोलपत्रमार्फत कम्तिमा १ सय रुपैयाँ कबोल गरेर शेयर आवेदन दिनुपर्ने इन्स्योरेन्सले जानकारी दिएको छ ।

यो बीमा कम्पनीले गत बैशाख ५ देखि जेड ८ गतेसम्म खुला गरेको हकप्रद शेयरमा बिक्री नभएको संस्थापकतर्फको २१ सय ७७.३० र सर्वसाधारण तर्फको १ लाख ५८ हजार ९४६.८० कित्ता शेयर लिलामीबाट बेच्न लागेको हो ।

यसको आवेदन एनआईबिएल क्यापिटल लिमिटेडको लाजिम्पाट, लालदरबार, ललितपुर, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट दिन सकिने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायाणगढ र धनगढी तथा देव विकास बैंकका कार्यालयबाट पनि आवेदन दिने व्यवस्था रहेको छ ।

यसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिट ल लिमिटेड हो । यसको प्रति शेयर कारोबार पछिल्लोपटक नेप्सेमा ६८६ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया