यी कम्पनीको शेयर छ ? कसको कति हकप्रद र आइपीओ (सूची सहित)


आर्थिकन्यूज
शेयर

काठमाडौं, जेठ २६ । विभिन्न कम्पनीले हकप्रद, आइपीओ र बोनसका लागि नेपाल धितोपत्र बोर्डमा प्रस्ताव पेश गरेका छन् । धितो पत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि पेश गरेका २७ वटा कम्पनीहरुमध्ये ६ वटा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाइसेकेका छन् ।

जसमा कुमारी बैंकले शेयरधनीहरुलाई कहप्रद शयेर भर्ना बैशाख २८ गते नै आवेदन माग गरेको थियो । कुमारीका शेयधनीहरुले यहि जेठ ३१ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

त्यस्तैगरि, सूर्या लाइफ इन्स्योन्स कम्पनीको निष्कासन गरेको हकप्रद असार ३ गतेसम्म आवेदन दिन पाउन कम्पनीले जनाएको छ । त्यस्तै साहारा विकास बैंकको असार ९ गतेसम्म यसका शेयरधनीहरुले आवेदन दिन सक्नेछ । ओमी माइक्रो फाइनान्स वित्तीय संस्था असार १९ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने छ ।

त्यस्तैगरि, प्रभू इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । जेविल्स फाइनान्सका शेयरधनीहरुले साउन १३ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने छ ।

६ वटा कम्पनीको नयाँ शेयर आउँदै छ । जसमा एनएमबी बैंकले एफपीओ यहि जेठ ३० गतेदेखि निष्कासन खुल्ला गर्दै छ भने अपर तामाकोशी पावरले जेठ २३ गते आइपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासनका धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।

त्यस्तैगरि, नेपाल बैंकले पनि एफपीओ निष्कासनका लागि जेठ १५ गते धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ भने होन्सी शिवम् सिमेन्टको आइपिओ निष्कासन गर्न चैत्र ६ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।

नयाँ शेयर आउने कम्पनीहरुमा ८ वटा वित्तीय संस्थाहरु रहेका छन् ।
१७ वटा जलविद्युत कम्पनीले शेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् भने आइपीओ निष्कासनका लागि निवेदन दिनेमा एउटा सिमेन्ट कम्पनी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया