सगरमाथा नाप्न २७ करोड, १७ करोडले नापन कार्य हुँदै


आर्थिकन्यूज

काठमाडौं, जेठ २६ । विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Eco Roofing

मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यसअघि दुई करोड रुपैयाँ छुट्याइएकामा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ ।

विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।

सिरहाको मिर्चौयादेखि लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको छ ।

सरकारले गत वर्षदेखि नै सगरमाथा आफैं नाप्ने भन्दै छुट्याएको २ करोडले नपुगेछि अध्ययन र मापन गर्न बजेट थप मागिएको हो । यो वर्ष सरकारले सगरमाथा नाप्न पुन १५ करोडको बजेट विनियोजन गरेको नापी विभागकै भनाइ रहेको छ । स्रोतः नेपाल समचारपत्र दैनिक ।

फेसबुकबाट तपाईको प्रतिक्रिया