मदिरा पिउनेलाई अर्को प्रहार, हरेक बोटलमै १० देखि डेढसय प्रतिशतसम्मले मूल्य बढ्यो


आर्थिकन्यूज

काठमाडौं, जेठ २६ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आवको बजेट वक्तव्यमार्फत मदिरा, चुरोट, सूर्तीजन्य पदार्थसहितका बस्तुमा अन्तशुल्क बृद्धि गरेको छ ।

Eco Roofing

बजेटले अप्रत्यक्ष कर मार्फत २४६ नम्बर बुँदामा अन्तशुल्क बृद्धि गरेको उल्लेख छ । यो बक्तव्यसँगै सरकारले मदिरामा १० देखि १ सय ६४ प्रतिशतसम्म अन्तशुल्क बढाएको छ ।

सरकारले बढाएको अन्तशुल्कका कारण मदिरा महंगिएको भन्दै उत्पादकले पनि १० देखि डेढसय प्रतिशतसम्मले नै मूल्य बढाएको बताएका छन् । मदिरा उत्पादक कम्पनीले पछिल्लो एक सातादेखि दिनदिनै मदिराको नयाँ मूल्यसूची एक पछि अर्को कम्पनीमार्फत सार्वजनिक गरिरहेका छन् ।

मदिरा उत्पादक कम्पनी श्री डिष्टिलरीले प्रकाशन गरेको अन्तशुल्क बढेपछिको नयाँ मूल्यसूची

सरकारले प्रत्येक ब्राण्डका प्रत्येक इकाईमै अन्तशुल्क लगाउँछ । यसको मतलव हरेक बोटलको अन्तशुल्क सरकारलाई बुझाउनुपर्छ । सोही व्यवस्थाका कारण मदिरा उत्पादकले पनि हरेक ब्राण्डको प्रत्येक इकाईको मूल्य छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्ने नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले बताए ।

उनका अनुसार अन्य संघले जस्तो एकमुष्ठ मूल्य बढ्यो भनेर न्युनतमदेखि अधिकतमसम्मको प्रतिशत राखेर मदिराको मूल्य सूची सार्वजनिक गर्न पाइदैन् ।

यसको हरेक कम्पनीले हरेक ब्राण्डको मदिराको शक्ति (यूपी) अनुसार, मदिरको बोटलमा राखिने मात्रा अनुसारको सूची, होलसेलदेखि खुद्रासम्मको सूची र त्यसलाई दिइने कमिशनसमेत सार्वजनिक गर्नुपर्ने भएकोले कम्पनी अनुसार गर्नुको विकल्प नै छैन । केसीका अनुसार त्यसैले मदिराको बिक्री र सेवनपछिको क्रियाकलाप दुबै पारदर्शी हुन्छ ।

सरकारले अन्तशुल्क बढाएपछि कम्पनीले पनि उपभोक्ताबाटै मूल्य बढाएर लिनुपर्ने हुन्छ । अन्तशुल्क बढेपछि मदिराको भाउ बढ्छ । जसका कारण अहिले कुनै एउटा मदिरा एक बोटलको ५० रुपैयाँमा पाइन्छ भने अब त्यसको मूल्य एक सय १५ रुपैयाँ पुगेको छ ।

समान्य मदिराको तुलनामा नयाँ र महंगा मदिराको भाउ अझै भने अस्वभाविक रूपमा बढेको छ । मदिरामा भाउ बढेपछि लोकल (घरमा बनाइने) मदिराको माग बढ्ने गर्छ । यसलाई न सरकारले करको दायारमा ल्याउन सकेको छ, न गुणस्तर तथा व्यवस्थित बनाउन नै सकेको ।

मदिराको उपभोग रोक्ने भन्दा पनि आर्थिक स्रोत बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको हो । यसलाई हरेक व्यक्ति आफैले नियन्त्रणचाहिँ गर्न सक्ने मदिरा उत्पादक संघको बुझाइ छ ।

नेपालमा करिब एक सय वटा मदिरा उद्योग संचालनमा छन् । बजेटले ५० युपीसम्मका मदिरालाई बढी अन्तशुल्क लगाएको छ । ५० युपीको मदिरामा पहिला एक कार्टुनमा २ हजार रुपैयाँ अन्तशुल्क तिर्नुपर्नेमा त्यो बढेर ४ हजारसम्म पुगेको उल्लेख छ ।

सरकारले मूल्य अभिवृद्धि कर (२० औ संशोधन) नियमावली २०७५ जारी गरिसकेको छ । यो नियमावली यही जेठ २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया