एशियन लाईफ र महालक्ष्मीबीच बैंकास्योरेन्स सम्झौता


आर्थिकन्यूज

काठमाडौं, जेठ २४ । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले बुधबार एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले एक कार्यक्रमका बीच हस्ताक्षर गरे । बैंकास्योरेन्सको माध्यमबाट महालक्ष्मी विकास बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकको नेपालभरिका ७१ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ । एशियन लाईफको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ चैत मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु. १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड तथा चुक्ता पूँजी रु. १ अर्ब २० करोड (हालै जारी गरिएको ५०५ हकप्रद शेयर पूँजीकरण पश्चात) रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया