एमाले र माओवादी केन्द्र नाम राख्न नपाउने


आर्थिकन्यूज

काठमाडौं जेठ २४ । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने  जनाएको छ ।

Eco Roofing

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दल दर्ताको प्रमाणपत्र दिँदै आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत राजनीतिक दल सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा चिन्ह अरुले प्रयोग गर्न नपाउने जनाएका हुन् ।

विज्ञप्तिमा जनाइए अनुसार “निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाले र दर्ता नमबर ३७ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रयोग गरेको यसै दललेएकीकरण भईमाग गरेको बाहेकका नाम, झण्डा र चिन्ह राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवथा गर्ने ।’ रहेकोले तत्काल उक्त पार्टीको नाम र चुनाब चिन्ह् प्रयोग गर्न नपाउने भएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दल एकीकरण भएमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन भनिएको छ । एमाले र माओवादी एकीकरण गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नम्बर १६५ रहेको छ । नेकपाको चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया