विश्वकपको संघारमै लिओनल मेस्सीसँग सनसनीपूर्ण अन्तर्वार्ता


एजेन्सी

यस अघिका विश्वकप हार वेहोर्नुपर्दा उनलाई देशद्रोहीका शंज्ञा दिँदै उनको पुत्ला दहनसमेत गरिएको थियो ।

३१ वर्षे मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार्ने क्रममा आफैंले पेनाल्टी मिस गरेपछि मेस्सीले अप्रत्यासित रुपमा सन्यास घोषणा गरेका थिए । तर, अर्जे्न्टिनी राष्ट्रपतिदेखि सबैले उनलाई सन्यास फिर्ता लिन दबाव दिए पश्चात अर्जे्न्टिनाको प्रशिक्षक बनेका इडगार्डो बौजाले बार्सिलोना पुगेर मेस्सीसँग छलफल गरेका थिए ।

अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका लिओनल मेस्सी फेरि अर्जे्न्टिनाको जर्सीमा मैदान फर्किएका हुन् । लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए । तर, देशका लागि भने केही गर्न सकेनन् । केही अर्जेन्टेनीले सानैदेखि स्पेनमा हुर्केकाले मेस्सीलाई देशप्रति माया नभएकोसम्म आरोप लगाउँदै आएका छन् ।

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा पनि उनीमाथि त्यही आरोप दोहोरियो । त्यसको केही अघि मात्रै कोपा अमेरिकाको फाइनलमा पराजित भएका स्मरण अर्जेन्टेनीहरुको मस्तिष्कमा ताजै थियो । विश्वकपको फाइनलमा समेत पराजित भएपछि फेरि मेस्सीमाथि देशद्रोहीका नारा घन्कियो। ठाउँमा ठाउँमा उनको पुत्ला दहन भयो ।

यद्यपि विश्वकपमा मेस्सीले सक्दो प्रयास गरेका थिए । त्यसैकारण गोल्डन बल समेत जिते । तर, पुरस्कार लिन जादा मेस्सीका अनुहारमा कुनै चमक थिएन । निरास मुद्रामा उनले पुरस्कार लिए र केही दिनमै अन्तरार्ष्िट्रय फुटबलबाट शन्यास घोषणा समेत गरे । तर, त्यसबेला अर्जेन्टेनी सरकार, प्रशिक्षक तथा शुभचिन्तकको व्यापक अनुरोधपछि उनी सन्यासबारे पुनस्विचार गर्न बाध्य भए ।

विश्वकप २०१८ को छनौटमा अर्जे्न्टिना धर्मराएको स्थितिमा देखियो। गर या मरको स्थितिमा पुगेको अर्जे्न्टिनालाई इक्वेडरविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सीले विश्वकपमा पुन आफ्नो भूमिका सावित गरे । ३१ वर्षे मेस्सीका लागि सायद रुस विश्वकप देश र आफ्नो नाममा विश्वकपको उपाधि चुम्ने अन्तिम अवसर हो । विश्वकपको अन्तिम तयारीमा रहेका मेस्सीसँग यो विश्वकपमा अर्जे्न्टिना र मेस्सीको सपनाबारे गरिएको अन्तर्वार्ता ः

के २०१४ मा उपविजेता बन्दाको पीडा अझैसम्म पनि बाँकी छ ?
हाम्रा लागि त्यो एउटा खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ । हामी हाम्रो सपना पूरा गर्ने अन्तिम अवस्थामा थियौं। तर, यो फुटबल हो। उत्कृष्ट टोलीले पनि सधैँ जित्छ भन्ने हुदैँन। हामीले नतिजा स्वीकार्नु पर्छ र अघि बढ्नुपर्छ । त्यो विश्वकप उपाधि जो हाम्रो होस् भन्ने चाहान्थे उनीहरू सबै रोए। म रोएँ, सबै अर्जे्न्टिनी रोए। त्यो पिडा अझैँ ताजै छ ।

अर्को विश्वकप नजिकै आइसक्यो । फेरि तपाईमाथि धेरै अपेक्षाहरु छन् । ती अपेक्षाहरुलाई पूरा गर्न कतिको तयार हुनुहुन्छ ?
यसअघि पनि हामीले आफ्नो उत्कृष्ट प्रयास गरेका थियौं। तर, हामीले अर्जे्न्टिनालाई केही दिन सकेनौं। सन् १९८६ यता विश्वकप जित्न नसकेपछि हामीमाथि अपेक्षाहरु थुप्रिनु स्वभाविक हो । अन्य अर्जेन्टेनी झै म पनि विश्वकप जित्दाको त्यो चरम खुशीको आनन्द महसुस गर्न चाहान्छु। सन् २०१४ मा प्रत्येक सदस्यले आफ्नो शतप्रतिशत प्रयास गरेका थिए तर पनि हामी उपाधि जित्नबाट चुक्यौं ।

के अर्जे्न्टिनाले २०१८ मा उपाधि जित्न सक्ला ?
मेरो सपना पनि हामीले विश्वकप जितौं भन्ने छ । फाइनलसम्मको यात्रा तय गर्नु र फाइनल खेल्नु निकै कठिन हुन्छ । जुन हामीले २०१४ मा अनुभव पनि गरिसकेका छौं । अहिले पनि फाइनल सम्मको यात्रा २०१४ को जस्तै गर्ने हाम्रो सोच छ । तर फाइनलको नतिजा भने बदल्न चाहान्छौं । हामी यसपटक विश्वकप उचाल्न चाहान्छौं । यो हाम्रो पुस्ताका लागि यो अन्तिम अवसर पनि हो ।

अर्जे्न्टिनालाई विश्वकपको उपाधि दिलाउ नै पर्ने बाध्यताको बोझले तपाई थिचिनुभएको त छैन ?
छैन्, साच्चै छैन् । यदि तपाई अर्जेन्टेनी हुनुहुन्थ्यो र फुटबल पछ्याउनुहुन्थयो भने तपाई पनि तपाईको देशले विश्वकप उचालोस् भन्ने चाहानुहुन्थ्यो । त्यसमा कुनै अन्यथा छैन् । तर हामी सबैलाई थाहा छ, विश्वकप जित्नु कति चुनौतीपूर्ण र कठिन हुन्छ । तर पनि हामी जित्न चाहान्छौं । अर्जे्न्टिना जित्न चाहन्छ। त्यसैले ममाथि अर्जेन्टेनीले अपेक्षा राख्नु स्वभाविक हो ।

अर्जे्न्टिनाले कुनै खेल हार्दा त्यहाँका मिडियाबाट तपाईको खुब आलोचना हुने गर्छ । त्यो तपाईका लागि कति पीडादायी क्षण हुन्छ ?
अवश्य पनि त्यसले पीडा दिन्छ । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने उनीहरु(मिडिया)ले पनि हामिले विश्वकप नदिलाएको जुन हामीले सञ्चार गरेका हुन्। अर्जे्न्टिना फुटबलको राम्रो माहोल भएको राष्ट्र हो । त्यहीकारण मिडियाको त्यो प्रतिक्रिया सामान्य हो । कहिलेकाहीँ मिडियाले त्यस्तो गर्दा हामीले विश्वकपको फाइनलसम्म पुग्न लगाएको सामथ्र्य बेकार थियो झै लाग्छ । तर अर्जे्न्टिना भनेकै त्यही हो, जहाँ उपविजेतालाई कुनै स्थान छैन।

अर्जे्न्टिना अप्ठारो समूहमा छ । तपाईका समूहमा रहेका आइसल्याण्ड, क्रोएसिया र नाइजेरियालाई कसरी लिनुभएको छ ?

प्रतियोगिताका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्दा हामीले पनि उत्कृष्ट खेल पस्कनै पर्छ । सबै प्रतिद्वन्द्वीहरू तपाइलाई कडा प्रश्न सोध्न तयार छन् तपाईले पनि त्यसको गतिलो जवाफ दिन सम्पूर्ण तयारी गर्नैपर्छ । त्यही भएर यो विश्वकप हो। यहाँ केही पनि उपहारमा पाइँदैन्। उत्कृष्टहरुले मात्रै प्रतिस्पर्धा गर्छन् । समूहका देशसँग कडा प्रतिस्पर्धा हुनेछ। हामी त्यसका लागि तयार छौं ।

तपाईका नजरमा प्रतियोगिताको उपाधि उचाल्न सक्ने राष्ट्रहरु कुन कुन हुन् ?
फुटबल सबै ठूला राष्ट्रहरु उपाधि उचाल्न उत्तिकै सक्षम छन्। अघिल्लो संस्करणको च्याम्पियन जर्मनीले पुनः एकचोटी च्याम्पियन बन्ने प्रयास गर्नेछ । स्पेनको टोली पनि उत्तिकै राम्रो छ । क्वालिफायरमा ब्राजिल, फ्रान्स र पोर्चुगलले पनि उत्तिकै राम्रो गरेका छन् ।

इक्वेडरविरुद्ध ह्याट्रिक गरेपछि मेस्सी
इटाली र नेदरल्याण्ड्स जस्ता फुटबलका ठूला राष्ट्रहरुले यसपटकको विश्वकप छनोट पार गर्न नसक्दा तपाईलाई आश्चार्य लागेन ?
हो, यसै कुराले विश्वकप कति कठिन छ भन्ने प्रमाणित गर्छ। इटाली बिनाको विश्वकप त कल्पनै गरिन्नथ्यो। अनि नेदरल्याण्ड्स भनेको त ब्राजिल ओलम्पिकको सेमिफाइनलमा पुगेको टोली हो । हामी उनीहरुलाई पेनाल्टीमा पराजित गर्दै फाइनल प्रवेश गरेका थियौं। रुस विश्वकपमा इटाली र स्वीजरल्याण्ड्सलाई धेरैले ‘मिस’ गर्नेछन् । उनीहरुका समर्थकले विश्वकपमा विशेष रौनक थप्ने गर्थे ।

विश्वकपमा स्थान पाउनु अर्जे्न्टिनाका लागि पनि निकै मुस्किल रह्यो । इक्वेडरविरुद्ध तपाइँले ह्याट्रिक नगरेको भए त यो विश्वकप अर्जे्न्टिनाले गुमाउने अवस्था थियो हैन ?
छनोटका सुरुवाती खेलहरुमा राम्रो प्रदर्शन राम्रो हुन नसकेपछि हामीलाई अन्तिम खेल(इक्वेडरविरुद्ध) जित्नैपर्ने थियो । त्यो खेलमा हामीले योजना बनाएअनुसार मैले ती गोलहरु गरेँ। टीमले गर्दा त्यो सम्भव भएको हो । हामी सबैमा अर्को विश्वकप खेल्ने ब्यग्रता थियो । विश्वकप नै अन्तिममा सबैको लक्ष्य हुन्छ । उक्त खेल जित्दै विश्वकपमा छनोट भएपछि हामी निकै खुशी भयौं । हामीलाई प्लेअफको तनाब पनि रहेन ।

क्रोयोसिया र अर्जे्न्टिना एउटै समूहमा परेपछि क्रोयोसियाका इभान राकिटिक, जो बार्सिलोनामा तपाइँका सहकर्मी पनि हुन्। एउटै क्लबबाट खेलिरहेका साथीहरु विपक्षी भएर विश्वकपमा भिड्न लागेपछि तपाईसँग उनको प्रतिक्रिया कस्तो रह्यो ?
त्यस्तो केही रहेन । इभान राम्रा खेलाडी हुनुका साथै समर्पित टीममेट पनि हुन् । उनी लडाकु खेलाडी पनि हुन् । उनीसँगको भिडन्तमा पक्कै उनले मलाई मेरो नेचुरल गेम खेल्न दिने छैनन् । तर, हाम्रा तर्फबाट पनि उनले त्यतिकै चुनौती पाउनेछन् । बार्सिलोनामा सँगै अभ्यास गर्दा हामीले केही मिठा पलहरुसँगै बिताएका छौं । खेलका बारेमा छलफल गरेका छौं । बस् त्यति हो । स्रोतः टाइम्स अफ इन्डिया

फेसबुकबाट तपाईको प्रतिक्रिया