मोटोरोलाको सेट किन्दा खल्तीमा रकम फिर्ता पाइने


आर्थिकन्यूज

काठमाडौं, जेठ २२ । मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूको बीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौता अनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा दुइ हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिने वताइएको छ ।

Eco Roofing

यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरु बिच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानी प्रोत्साहित गर्ने लागी मोटोरोलाको आधिकारीक बिक्रेता, ‘लाईफकम’का प्रवन्ध निर्देशक अमित अग्रवालले बताए ।
छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ ।

यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने अनुमान गरिएको छ । यो अभियानले नेपाली युवाहरूको बीचमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र मोबाइल भुक्तानीलाई अर्को स्तरमा पुर्याउने खल्तीका प्रबन्ध निर्देशक मनीष मोदीले बताए ।

नयाँ स्मार्टफोन किन्ने योजना बनाइरहेका व्यक्तीका लागि यो एउटा आकर्षक अफर हो। र, यो अभियानले अहिलेसम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागी बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया