‘समय सापेक्ष बीमा ऐन बनाउन आवश्यक छ’


आर्थिकन्यूज

नेपालमा बीमा क्षेत्रको इतिहास सात दशकभन्दा लामो भए पनि यसको पहुँच विस्तार भने दयनीय रहेको छ । यद्यपि, पछिल्लो समय बीमामा नागरिकको पहुँच भने क्रमशः बढ्दै गएको छ । बीमाको पहुँच विस्तारका लागि बीमा कम्पनीहरु सक्रिय रुपमा लागि परेका छन् ।

यसैसन्दर्भमा बीमाको पहुँच विस्तारसँगै नागरिकलाई सहज बीमा सुविधा र लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीले लगानीकर्तालाई राम्रै प्रतिफल दिँदै आएको छ । बीमा क्षेत्रको विकासक्रम, यसका समस्या एवम् सम्भावनालगायतका विषयमा आर्थिकन्यूज डटकमका लागि नेसनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतसँग दीपेश घिमिरेले गरेको कुराकानीः

नेपालको बीमा बजारलाई यहाँले कसरी हेर्दै आउनु भएको छ ?
बीमा क्षेत्र अहिले गतिशील छ, केही प्रतिस्पर्धा पनि बढेको छ । त्यसले बीमाको पहुँचलाई सर्वसाधरणमा पहुँच पुर्याउन सहयोग पनि गरेको छ । नियमनकारी निकायले नयाँ नियम ल्याउने, व्यवसायलाई विकसित गर्ने उहाँहरुको जिम्मेवारी हा,े जुन अहिले भइरहेको पनि छ । बीमा बजार विगतको बजारभन्दा अहिले धेरै विकसित भएको छ । पहिले बीमाको पहुँच ७ प्रतिशत थियो भने अहिले त्यो संख्या बढेर १० प्रतिशत पुगेको छ । सबै क्षेत्रबाट व्यवसाय अगाडि बढेको छ ।

शुरुवातको समय र अहिलेको अवस्थालाई हेर्दा बीमा क्षेत्रको विकास कुन ढंगले बढेको महशुस गर्नु भएको छ ?
शुरुमा बीमा गर्नुस् भन्दा मानिसहरुले नबुझ्ने अवस्था थियो । निजी क्षेत्रमा बीमा गर्नु हुँदैन भन्ने आम सोचाइ थियो । तर, अहिले त्यसमा परिर्वतन आएको छ । अहिले मान्छे मेरो परिवारको बीमा गरिदिनु पर्यो भन्दै बीमा कम्पनीमा आउने अवस्था छ ।

हाम्रो पुँजी अहिले १ अर्ब ६५ करोड पुगिसकेको छ । हकप्रदबाट प्राप्त पुँजीसमेत जोड्दा २ अर्ब ६५ करोड रुपैयाँ पुग्छ । बीमा समितिले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । असार मसान्तसम्ममा सहजै तोकिएको पुँजी पुर्याउनेछौं ।

बजारको अधिकांश हिस्सा निजी क्षेत्रको हातमा गइसकेको छ, समाजले निजी क्षेत्रलाई विश्वास गरेको छ । २५/३० वर्ष अगाडि बीमाको अवस्था जस्तो थियो अहिले त्यस्तो छैन ।

निजी क्षेत्रबाट पनि थुपै्र बीमा कम्पनी खुलिरहेको अवस्था छ, प्रतिस्पर्धा पनि बढिरहेको छ, प्रतिस्पर्धा पहिलेभन्दा बढ्नुले यो क्षेत्रको थप विकास भएको महशुस गर्न सकिन्छ ?
निजी क्षेत्र आएपछि प्रतिस्पर्धा बढ्छ र निजी क्षेत्रले जुन माग गर्छ, त्यसलाई आपुर्ति गर्छ । तर, भएको मागलाई मात्रै आपूर्ति गर्दैन । निजी क्षेत्रले माग पनि आफैं सिर्जना गर्छ र सिर्जना भएको मागलाई आफूले आपूर्ति गरेर बजार बढाउँछन् । नेपालको बीमा बजारमा पनि त्यो देखिन्छ ।

देशभर बीमाको पहुँच पुर्याउन के गर्दा बीमा क्षेत्रका साथै देशको अर्थतन्त्रलाई समेत यसले टेवा पुग्छ जस्तो लाग्छ ?
बजार बढाउन गाउँघरमा बीमा कम्पनी पुगेका छैनन् भन्ने कुरा पनि बेलाबखतमा आउने गरेका छन् । बीमा कम्पनीमात्रै एक्लै गाउँघरसम्म पुग्न सक्दैनन् ।

अर्थ व्यवस्थासँगै बीमा व्यवसाय हुन्छन् तर मलाई त्यस्तो लाग्दैन । अहिले गाउँघरतिर वैदेशिक रोजगारको कारणले ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । धेरैजसो कम्पनीले गाउँघरमा आफ्नो शाखा खोलेर व्यवसाय गरिरहेका छन् । शहरमा भन्दा गाउँघरमा व्यवसाय बिस्तार भएको जस्तो मलाई लाग्छ ।

पछिल्लो समय निर्जीवन बीमाभन्दा जीवन बीमामा आकर्षण बढेको हो ?
नेपालमा मात्रै होइन जीवन बीमामा संसारभर नै आकर्षण बढेको मैले महशुस गरेको छु । जीवन बीमा हरेक मानिस को लागि अत्यावश्यक कुरा हो । पछिल्लो समय जुन अवस्थामा जीवन बीमामा आकर्षण बढेको छ, यसमा अझ आकर्षण बढ्नुपर्छ भन्ने मेरो बुझाइ छ ।

तपाईको विचारमा बीमा क्षेत्र सुधारका लागि सरकारले अब के गर्नुपर्छ ?
नेपालमा धेरै पुरानो बीमा ऐन छ, यसलाई समय सान्दर्भिक बनाउनुपर्छ । अन्तर्राष्ट्रिय प्रचलनमा रहेको कुरालाई समेटेर बीमा क्षेत्र सुधारका लागि के–कस्ता विषय आवश्यक छन् सबै समेटेर समय सान्दर्भिक बीमा ऐन आउनुपर्छ । अहिले भएको बीमा ऐन आवश्यकताअनुसारको भएको जस्तो मलाई लाग्दैन ।

हाम्रो तुरुन्त चासो भनेको आयकर ऐन नै हो । आएकर ऐनमै संशोधन भएदेखि व्यवसायलाई पनि टेवा पुग्छ भन्ने हाम्रो सोचाइ हो ।

बीमा समितिले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउन नेशनल लाइफले अझै सकेको छैन, पुँजी वृद्धि कसरी गर्दै हुनुहुन्छ ?
हामीले गत साधारणसभामा ६० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरी जारी समेत गरिसकेका छौं । ६० प्रतिशत हकप्रदबाट थप १ अर्ब रुपैयाँ उपलब्ध हुनेछ ।

हाम्रो पुँजी अहिले १ अर्ब ६५ करोड पुगिसकेको छ । हकप्रदबाट प्राप्त पुँजीसमेत जोड्दा २ अर्ब ६५ करोड रुपैयाँ पुग्छ । बीमा समितिले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । असार मसान्तसम्ममा सहजै तोकिएको पुँजी पुर्याउनेछौं ।

नेसनल लाइफको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
हाम्रो वित्तीय अवस्था अत्यन्त मजबुत छ । हाम्रो गत वर्ष २५ प्रतिशतभन्दा बढीले कुल बीमा व्यवसायको वृद्धि भएको हो । पछिल्लो ९ महिनामा जीवन बीमा कोष २१ अर्बभन्दा माथि पुगेर गत वर्षभन्दा २७ प्रतिशतले धेरै रहेको हो । हाम्रो देशभरी शाखा, उपशाखा कार्यालय छन् । हाम्रो कम्पनीले विभिन्न किसिमको बोनस पनि प्रदान गरिरहेको छ ।नेसनल लाइफ क्रेडिवल र रिलायवल संस्था हो । नेसनलमा बीमा गर्न तथा लगानी गर्न उचित छ ।

बीमा दाबी भुक्तानीमा कम्पनीहरुले ढिलाइ गर्छन भन्ने आरोप छ, नेसनलले बीमा दाबी गरेको कति समयमा भुक्तानी दिन्छ ?
बीमा दाबी भुक्तानीमा ढिलाइ हुन्छजस्तो मलाई लाग्दैन । बीमा नियामावलीमा बीमा दाबी गर्नलाई केही प्रक्रिया तोकेका छन् । ती प्रक्रियाहरु पूरा गर्ने वित्तिकै सबै कम्पनीले बीमा दाबी भुक्तानी दिन्छन् । अर्को कुरा जीवन बीमामा विवाद हुने केही पक्षनै छैनन् ।

९७ प्रतिशत दाबी सहज रुपमा भुक्तानी भइरहेको छ । सामान्य रुपमा भन्नु पर्दा जीवन बीमामा दाबी भुक्तानीको कुनै समस्या छैन । नेसनलको सन्दर्भमा कुरा गर्दा आवश्यक कागज जम्मा भइसकेपश्चात तुरुन्त भुक्तानी हुन्छ ।
चालू आर्थिक वर्षमा ९ वटा बीमा कम्पनी थपिएका छन्, यसले अलि प्रतिस्पर्धा पनि बढेको छ । यस्तो अवस्थामा नेसनल कसरी अगाडि बढिरहेको छ ?

हाम्रो आफनै एजेन्सी नेटवर्क, रणनीती छन्, त्यसलाई परिचालन गरेर हामी आफ्नै बाटो हिँडिरहेका छौं । बजार बढी प्रतिस्पर्धात्मक भएको छ र एजेन्सी नेटवर्कलाई बढी प्रोफेसनल बनाउनुपर्ने खाँचो देखिएको छ । ती सबैलाई नियाल्दा कम्पनी सही तरिकाले अगाडि बढिरहेको छन भन्ने महशुस हुन्छ । गत वर्ष र यो वर्ष हाम्रो कम्पनीमा २५ प्रतिशतको हाराहारीमा व्यवसाय बढेको हो । बीमा कम्पनीहरु थपिएकाले केहि प्रतिस्पर्धा बढेको छ । तर, त्यो प्रतिस्पर्धाले हाम्रो कम्पनीलाई असर परेको छैन ।

अन्त्यमा नागरिक तथा कम्पनीका लगानीकर्तालाई केही भन्न चाहानु हुन्छ ?
बीमा व्यवसाय एक सामाजिक सुरक्षा पद्धतिको पाटो हो, जहाँ राज्यले लगानी गर्न सक्दैन । त्यहाँ निजी क्षेत्र आएर सहजकर्ताको रुपमा काम गर्छन र यसमा सबैजना सहभागी हुनुपर्छ ।

नेपालमा धेरै पुरानो बीमा ऐन छ, यसलाई समय सान्दर्भिक बनाउनुपर्छ । अन्तर्राष्ट्रिय प्रचलनमा रहेको कुरालाई समेटेर बीमा क्षेत्र सुधारका लागि के–कस्ता विषय आवश्यक छन् सबै समेटेर समय सान्दर्भिक बीमा ऐन आउनुपर्छ । अहिले भएको बीमा ऐन आवश्यकताअनुसारको भएको जस्तो मलाई लाग्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया