वल्र्ड कपको अवसरमा टिसिएलको छुट अफर


आर्थिकन्यूज

काठमाडौं, जेठ २० । बहु चर्चित फुटबलको महाकुम्भ मेला (फिफा बल्र्डकप, २०१८ को अवसर पारेर विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि छुट अफर सार्वजनिक गरेको छ ।

हरेक चार–चार वर्षमा हुने यस फुटबलको महाकुम्भलाई लक्षित गर्दै, टिसिएलले आफ्ना ग्राहकका लागि मेरो टिम मेरो विश्वास अन्तर्गत टि.भी.हरुको खरिदमा २५ प्रतिशत सम्मको छुट दिने भएको हो ।

२० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट÷ननस्मार्ट मोडलहरुमा उपलब्ध टि.सि.एल.का टि.भी.हरुको मूल्य ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको छ । भखरै टि.सि.एल. ले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ । चौधरी ग्रुप अन्गर्तत सि.जी. इलेक्ट्रोनिक्स ले नेपालमा विक्री वितरण गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया