स्टील र आल्मुनियमको आयातमा पुनः भारी कर वृद्धि


एजेन्सी

वासिङटन, जेठ १७ । कर प्रणलीमा ब्यापक हेरफेर गदै आएको अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । केही समय अघिदेखी चीन र अमेरीका वीच आर्थिक युद्ध भइरहेको छ ।

युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिइएको हो ।

अमेरिकाको यो निर्णयबाट व्यापारीक साझेदार मुलुकहरूलाई थप बेखुसी बनाउने निश्चित रहेको पनि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाइएको छ ।

अमेरिकाका व्यापार मन्त्री विल्बर रोसले क्यानडामा भएको विश्वका मुख्य सात देशका अर्थ मन्त्रीहरुसँगको बैठकपछि कर वृद्धिको घोषणा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया