भूकम्प पीडितको नाममा खरिद ५५ हजार बण्डल जस्ता लिलामिमा, पीडितलाई सेवा सुविधा दिन सरकार कमजोर


आर्थिकन्यूज

काठमाडौं । सरकारले भूकम्पपीडितका नाममा खरिद गरेको ५५ हजार बण्डल जस्ता पीडितलाई उपलब्ध गराउन नसक्दा लिलामीबाट बिक्री गर्ने भएको छ । अगामी १५ दिन भित्रै अधिकतम रकम कबोल गर्नेका लागि जस्ता दिने गरी सूचना जारी भएको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत खरिद गरेको यो जस्ता साल्टले नै बिक्री गर्दै छ ।

Eco Roofing

सरकारले कर्पोरेशनलाई सरकारले मन्त्रीपरिषद्को बैठकबाट भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वस्थ्य चौकीसहित अन्य सार्वजनिक भवनका लागि जस्तापाता आयात गरि पयाप्त मात्रामा मौज्दात राख्नको लागि निर्देशन दिए अनुसार यो जस्ता खरिद भएको उल्लेख छ ।

कर्पोरेशनले जिन्दल (इन्डिया)लिमिटेड, वेष्ट बंगाल भारतबाट आयात गरेको विभिन्न साइजको ५० हजार र थप १० प्रतिशतसहित ५५ हजार बण्डल जस्ता भूकम्पपीडितलाई उपलब्ध गराउन नसेकेको भन्दै लिलामीमा बिक्री गर्न लागेको हो ।

कर्पोरेशनले १५ दिनभित्रै कर्पोरेशनको केन्द्रीय कार्यालय कालिमाटी तथा अञ्चल कार्यालय विरगन्ज जहाज ५० हजार बण्डल जस्ता रहेको छ । सो स्थानबाट ३० हजार फिर्ता नहुनेगरी आवेदन फाराम भरेर बुझउनु पर्ने जानकारी दिएको छ ।

करिब साढे दुई बर्षदेखि थन्किएको यो जस्तापाता कर्पोरेशनले बिक्री गर्ने भएको छ । कर्पोरेशनले सरकारकै आग्रहमा किनिएको जस्ता बिक्री गर्ने अनुमति सरकारले नै नदिँदा कर्पोरेसनले करिब २५ करोड रुपैयाँको यो जस्तालाई लिलाम गर्ने निर्णय गरेर सार्वजनिक सूचनासमेत बुधबार प्रकाशित गरेको छ । एउटा बन्डलमा न्यूनतम ३ सय ५६ थान जस्ता छ । एउटै बन्डलको मूल्य न्यूनतम ३ लाख ७५ हजार पर्ने जस्ता रहेको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया