घरको सुरक्षा गर्न वाटर प्रुफिङ्गको समाधान समयमै अपनाई ढुक्क हुनहोस्


आर्थिकन्यूज

काठमाडौं, जेठ ७ । मनसूनको आगमनसंगै वातावणमा हरियाली छाउँछ र यसले प्रकृतिमा सुखद सुवास र्छ । योसंगै मनसुनको असर तपाईको घरमा देखिन शुरु हुन्छ ।

Eco Roofing

जस्तै छानो र भित्ता चर्कने र रसाउने, भित्तामा ओश पर्ने जुन समस्याले घरधनीहरु आजित भइरहेका छन् । जसरी भित्ताहरु रसाउन थाल्छन, यसले भित्तामा फंगाइ र अल्गीको उत्पति हुन थाल्छ ।

जुन अवस्थाले स्वास्थ्यमा असर पर्न सक्छ । यसले घर अस्वास्थ्य बनाउँछ र घरभित्र बस्न चुनौती पनि बन्न सक्छ । यी अवस्थामा घर भित्रको वातावरण प्रदुषित भई एलर्जी, दममात्र नभइ आँखा र नाक चिलाउने र घाँटी भित्र खसखस भइरहने, साइनसको लक्षण देखिने, ब्रोंकाइटिस जस्तो श्वाससंग सम्बन्धित समस्याका जिवाणु विकसित भई फैलिन सक्छन ।

पानी रसाउन थालेपछि घरको स्वारुप नराम्रो बन्नुका साथै भित्र प्रयोग गरिएका महंगा रंग र साज सज्जाका सामानहरु पनि विग्रन थाल्छन् । अझ भन्ने हो भने, वर्षाको पानीको असर तब देखिन्छ जब मनसून सकिन्छ र पानीले रंग उप्किन थाल्छन अनि रसाएका भित्ता र छतका भागहरुमा तुलनत्मक रुपमा दाग धब्बा देखापर्छन ।

पानीले पार्ने असरबाट बचाउन घरलाई मनसुन अघिनै सुरक्षित बनाउन उचित मानिन्छ । यसले घरका भित्री संरचनालाई अतिवृष्टिबाट जोगाउने मात्र हैन कि समय समयमा गरिरहनु पर्ने मर्मत र खर्च पनि जोगाउँछ र रसाइरहेको भित्ता कमजोर भयो होला भन्ने मानसिक तनावबाट पनि मुक्ति दिन्छ ।

घरका भित्तालाई मजबुत बनाउने र वाटरप्रुफ बनाउने रशायनिक समिश्रणको जगतमा आफ्नो नामलाई अग्रणी स्थानमा बनाउन सफल Dr. Fixit का अभिनव उत्पादनले भित्ता रसाउने र ओश लाग्ने हरेक घरका समस्यालाई जग देखि छतसम्म सुरक्षित बनाउँने डा. फिक्सइटले दावी गरेको छ ।

यसको उच्चकोटीको समिश्रणहरुमा छत/बारदली चुहिने, चर्किएका लगायत रसायका भित्री भित्ताहरुलाई वाटरप्रुफ बनाउने उत्पादनहरुका साथै बाहिरी भित्ताको लागी विशेषरुपमा उत्पादन गरिएको उच्चस्तरको वाटरप्रुफ कोटिङ्ग पनि उपलब्ध गराएको कम्पनीले दावी गरेको छ । यसका बृहत उत्पादनहरुमा तल्लो तल्ला÷घरको जगका लागी अभिनव समिश्रण र बाथरुम, भान्छा र साना चिसा स्थानहरुका लागी उपयोगी नौलो वाटरप्रुफिङ्ग पनि पर्छन् ।

निर्माणकै क्रममा रोकथाम
तपाईको घरको सुरक्षाको विषय तब उठ्छ जब घरको नक्शा बन्न थाल्छ, र त्यही Dr. Fixit का बृहत नौला समिश्रणहरु को उपयोगिताको कुरा उठ्छ जसले घरको सुरक्षाको विश्वास दिन्छ । हो, खास कुरा पनि यहि हो, नयाँ घरको निर्माणको छलफल चल्न सुरु हुदैं यसको वाटरप्रुफिङ्गको बारेमा सोच्न एकदम जरुरी हुन्छ ।

यसकारण तपाईले घर पुर्ननिर्माण या नयाँ निर्माण गर्नुहोस् जुनसुकै अवस्थामा Dr. Fixit को प्रयोग गर्न नर्बिसनुस् । Dr. Fixit र LW+ को समिश्रण, जुन तरल वाटरप्रुफिङ्गको नविनतम उत्पादन हो, यसलाई सिमेन्टसंग मिसाउँदा घरको आयु लम्बिनुका साथै विषेश मजबुती प्रदान गर्छ । बाथरुम, भान्छा र छत जस्ता महत्वपुुर्ण स्थानको वाटरप्रुफिङ्गको लागी Dr. Fixit Superlatex को प्रयोग अवश्य गर्नुुहोस् ।

घरका हरेक कोणहरुको विशेष सुरक्षाका लागी यसका विशेष प्रकारका बृहत्तर उत्पादनहरु बाहेक यसले वर्षौं वर्षसम्मको अतुलनिय वारेन्टी र विश्वासिलो निर्माणको लागी विभिन्न प्रविधिक विशेषज्ञको सहायता पनि प्रदान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया