श्री इन्भेष्टमेन्टको आठौं शाखा हर्कपुरमा


आर्थिकन्यूज

काठमाडौं, वैशाख २८ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले गैँडाकोट न.पा ११, हर्कपुरमा रहेको एक्स्टेन्सन काउन्टरलाई आफनो आठौं शाखाको रुपमा विहीवार एक औपचारिक कार्यक्रम गरी शाखा समुदघाटन गरेको छ । कार्यक्रमको अध्यक्षता कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्य गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गरेको थियो ।

केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको यस फाइनान्सको हाल कम्पनीको चुक्ता पूँजी त्रिसठ्ठी करोड एक्काइस लाख, निक्षेप ३ अर्व ४३ करोड तथा कर्जा लगानी ३ अर्व ३० करोड रहेको छ । यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् भने छिटै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ ।

उक्त कार्यक्रममा प्रमुख अथिति छत्रराज पौडेल, प्रहरी नायव उपरिक्षक गगन श्रेष्ठले शाखाकोे सफलताको शुभकामना दिएका थिए । कम्पनीका अर्का नायव कार्यकारी प्रमुख अनिल जोशीको पनि उक्त कार्यक्रममा उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया