फेसबुकमार्फत् आईजीपीलाई चिठी लेख्ने प्रहरीको जागीर गयो


आर्थिकन्यूज

काठमाडौं, वैशाख २५ । फेसबुकमार्फत् प्रहरी महानिरीक्षक (आईजीपी) लाई चिठी लेख्ने प्रहरी जवान दीपेन्द्रबहादुर चन्दको जागीर गएको छ ।

प्रहरीमा सुधार गर्नुपर्ने भन्दै फेसबुकलगायतमा लेख लेख्नुका साथै आईजीपीलाई पत्र लेख्दै आएका चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नोकरीबाट हटाएको हो ।

चन्दलाई संगठनको मर्यादाविपरीत सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोप लगाउँदै जागीरबाट हटाइएको उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया