नेपालमा विवाह गर्न विश्वका धेरै पर्यटक आउन सक्छन्


आर्थिकन्यूज

व्यस्त जीवनशैली र जानकारीसमेत काम हुँदा कतिपय मानिसले आफ्नो विवाहलाई भव्य र सभ्य बनाउन खोज्दा खोज्दै पनि खल्लो हुने गरेको छ । तर, पछिल्लोपटक त्यस्ता मानिसका निम्ति विवाह व्यवस्थापन गर्न कम्पनीहरू पनि खुलेका छन् ।

Eco Roofing

आफूले चाहेजस्तो शैलीमा बिना झन्झन्ट विवाह गर्न पाइने भएकाले हिजोआज यस्तो व्यवसायमा सेवाग्राहीको रुची पनि बढ्दै गएको छ । नेपालमा विवाह व्यवस्थापनको प्रचलन नयाँ–नयाँ भए पनि विश्व यो एउटा आकर्षण व्यवसाय बनेको छ । नेपालमा यो व्यवसायको अवस्था कस्तो छ, सेवाग्राहीले कसरी सुविधा लिने भन्नेबारेमा सात वर्षदेखि विवाहलगायत विभिन्न कार्यक्रमको व्यवस्थापन गर्दै आएको । वेलकम वेडिङ प्रालिकी प्रवन्ध निर्देशक नीता पौडेलसँग आर्थिकन्युज डटकमले गरेको कुराकानी ।

करिब ७ वर्षदेखि विवाह व्यवस्थापनको व्यवसाय चलाइरहनु भएको छ, नेपालमा यस्तो व्यवसाय सञ्चालन गर्न कतिको सजिलो रहेछ ?
काम एकदमै गाह्रो छ, अहिले एकदमै प्रतिस्पर्धाको समय पनि छ । म नेपालको वेडिङ प्लानर पनि हो । मेरो कम्पनीको । वेलकम इभेन्ट म्यानेजमेन्ट हो र म त्यसको म्यानेजिङ डाइरेक्टर हुँ । वेलकम वेडिङबाट हामीले विवाहसम्बन्धी सम्पूर्ण कार्यको व्यवस्थापन गराउँछौं ।

के उद्देश्य लिएर यो कम्पनीको स्थापना गर्नु भएको थियो ?
आफ्ना छोराछोरीको विवाह गर्नु पर्दा सबै कुराको व्यवस्थापन गर्न एकदमै गाह्रो हुन्छ । घरमा सम्बन्धी काम गर्ने अनुभव तथा जनशक्ति हुँदै । क्याटरिङको व्यवस्थापनदेखि लिएर भिडियो, फोटो, टेन्ट, म्युजिकलगायत विभिन्न सामग्री जुटाउन एकदमै समस्या हुन्छ । साथसाथै समय पनि असाध्यै कम हुन्छ । त्यसैले हामीले सेवाग्रहीलाई सहज होस् भनेर यो कम्पनी स्थापना गरेका हौं ।

यस्तो व्यवसायमा के कस्ता चुनौतीको सामना गर्दै आउनु भएको छ ?
जुनसुकै काममा चुनौती त भइनै हाल्छ । तर, मलाई लाग्छ अरु कुरामा भन्दा पनि यस क्षेत्रमा अझै बढी चुनौती हुन्छ । घरमा सानो कार्य गर्दा त कति कुराको अभाव हुन्छ भने हामीले त यो व्यवसायमा सेवाग्राहीबाट पैसा लिएका हुन्छौं, पैसा लिएपछि उहाँहरूले हामीबाट राम्रो कामको अपेक्षा गर्नु भएको हुन्छ ।

हामीले यो व्यवसायमा सबै काम हाम्रो टिममा बाँडफाँड गरेका हुन्छौ । सबै काम राम्रो हुँदाहँुदै अन्त्यमा सानो एउटा काममा कमी भयो भने त्यो हाम्रो अरु राम्रो काममा पनि नराम्रो असर पर्छ, जुन एकदम चुनौतीपूर्ण हुन्छ ।

एउटा जोडीले विवाह गर्न चाहँदा तपाईंको कम्पनीबाट के अपेक्षा गर्न सक्छन् ?
इभेन्टबाट सम्पूर्ण सुविधा पाइन्छ । विदेशमा बसेर नेपालमा विवाह गर्न खोज्ने मान्छेलाई के कस्तो कुरा कहाँ पाइन्छ र त्यसको म्यानेजमेन्ट कहाँबाट कसरी गर्ने जस्तो कुराको जानकारी हुँदैन । यी सबै कुराको सुविधा हामी दिन सक्छांै ।

यहाँहरू कति जोडीको विवाह गराई सक्नुभयो । उनीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
अहिलेसम्म हामीले करिब ५५ सय ६० जोडीको विवाह गराई सकेका छौं । अहिलेसम्म एकदमै राम्रो प्रतिक्रिया पाएका छौं । कम्पनीको शुरुवात गर्दा हामीमा पनि त्यति ज्ञान थिएन । त्यतिबेला चाहिँ सानोतिनो कमी हुन्थ्यो । तर, दिन प्रतिदिन हामीले हाम्रो कमजोरीबाटै काम सिकिरहेका छौं र सेवाग्राहीबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं ।

तपाईंको कम्पनीले काठमाडौंमा मात्र सेवा दिन्छ कि अरु ठाउँमा पनि सुविधा छ ?
कम्पनी चाहिँ काठमाडौंमा मात्र छ । मागअनुसार हामी काठमाडौं बाहिर पनि सेवा प्रवाह गर्दै आएका छौं ।

नेपालमा धेरै जात, धर्म र संस्कार भएका मानिस छन् । छुट्टाछुट्टै संस्कार संस्कृति भएको समाज विवाहको व्यवस्थापन कसरी गराउनु हुन्छ ?
हामीले विभिन्न जातजातीको रीतिरिवाज संस्कारका बारे खोजी गर्छौ । कुन जातको रीतिरिवाज के कस्तो हुन्छ, भनेर हामी विवाह गराउने परिवारसँँग छलफल गरेर व्यवस्थापन गर्दै ।

अहिले तपाईंको कम्पनीमा कति जनालाई रोजगारी दिनु भएको छ ?
नियमित काम गर्ने २०/२५ जना हुनुहुन्छ । काम गर्ने मान्छेभन्दा पनि यो त एउटा टिम वर्क हो । वेडिङ म्यानेजमेन्टमा सबै फिल्डका मान्छे चाहिन्छ ।

एउटा पार्टी प्यालेस र तपाईको कम्पानीलाई दाँज्नु पर्दा तपाईको कम्पनीलाई नै मान्छेले रोज्नुपर्ने कारण के छ ?
पार्टी प्यालेसमा तपाईंलाई होटलको मेनुमा जे छ त्यसैभित्र मात्र सीमित भएर अर्डर दिनुपर्ने हुन्छ । खाना मीठो भएन भने पनि तपार्इंले कसैलाई केही कम्प्लेन गर्न मिल्दैन । तर, हाम्रो म्यानेजमेन्टमा यदि सानो कमजोरी भयो भने तपाईले हामीलाई भन्न सक्नु हुन्छ । हामी त्यसलाई तुरुन्तै सुधार गर्छाै ।

एउटा निम्न परिवारको मानिसले विवाह गर्दा औसत कति खर्च हुन्छ ?
कति बजेट लिने भन्नु भन्दा पनि उहाँहरुले कति बजेटभित्रको विवाह गर्न खोज्नु भएको छ र त्यो बजेटभित्र हामीले के कस्तो सुविधा दिन सक्छौं हामीले त्यो हिसाबले व्यवस्थापन गर्छौ । ग्राहक र हाम्रो आपसी समझदारीमा हामी योजना बनाउँछौं

नेपाल पर्यटकीय क्षेत्रका रुपमा पनि पर्छ, विश्वमा नै ‘डेस्टिनेसन वेडिङ’ गर्ने चलन चल्दै आएको छ, त्यसमा तपाईंको कम्पनीले पनि ‘डेस्टिनेसन वेडिङ’का कार्यक्रम गर्नु हुन्छ ?
नेपालमा पर्यटकीय क्षेत्र धेरै भएकाले ‘डेस्टिनेसन वेडिङ’ का निम्ति महत्वपूर्ण क्षेत्र प्रशस्तै छन् । वेलकम वेडिङले पछिल्लोपटक ‘डेस्टिनेसन वेडिङ’ लाई प्रवद्र्धन गर्दैै आएका छौ । नेपालमा रहेका विश्वका उच्च शिखरदेखि अन्य रमणीय क्षेत्रमा ‘डेस्टिनेसन वेडिङ’ गराएर वेडिङलाई नै स्मरणीय बनाउने वेलकमको पहिलो प्रथमिकता रहँदै आएको छ ।
यसमा सरकारले पनि ‘वेडिङ’ पर्यटनलाई प्रवद्र्धन गर्नलाई सहयोग गर्ने हो विश्वका धेरै देशबाट नेपालमा वेडिङका लागि मात्र पनि आउने सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया