लगानीकर्तालाई खुशीको खबर, नयाँ वर्षमा नेप्से बुरुकै उफ्रियो


आर्थिकन्यूज

काठमाडौं, वैशाख ४ । साताको तेस्रो दिन मंगलबार नेप्से ३३ दशमलव ६१ अंकले बढेर १ हजार ३ सय ३१ दशमलव १८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

Eco Roofing

‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ इण्डेक्स ६ दशमलव ३२ प्रतिशत बढेर २ सय ८२ दशमलव ५८ अंकमा पुगेको छ ।
आज १ सय ६६ कम्पनीहरुको १० हजार ३१ पटकको कारोबारमा कुल १८ लाख ९५ हजार ५ सय ६ कित्ता खरिद बिक्री हुँदा ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाँको कारोबार भएको छ ।

आज १० प्रतिशतभन्दा बढी कमाउने कम्पनीहरुमा महिला सहकारी माइक्रोफाइनान्स वित्तीय संस्था, प्रडेन्सियल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरका लागनीकर्ताहरु रहेको छन् ।

त्यस्तै सर्वा्धिक गुमाउने कम्पनीमा सहयोगी विकास बैंकका लागनीकर्ता रहेका छन् उक्त कम्पनीका लगानीकर्ताले ४ दशमलव ५८ प्रतिशतले गुमाएका छन् ।

कारोबार भएका बीमा समुह तथा लघुवित्त समुहरुको शेयरमुल्य सबैभन्दा बढी ३६० दशमलव ४३ अंकले र १२० दशमलव ११ अंकले बढेको छ । साथै होटल समुह ८६ दशमलव ०१ अंक, उत्पादक तथा प्रशोधन समुह ५४ दशमलव ९९ अंक, जलविद्युत समुह ४० दशमलव ८२ अंक, विकास बैंकिङ्ग समुह ३५ दशमलव ५१ अंक अन्य समुह २१ दशमलव ९९ अंक, बैंकिङ्ग समुह १२ दशमलव २ अंकल वित्त कम्पनी ८ दशमलव ९४ अंकले, बढेको छ भने सबैभन्दा बढी टेडिङ्ग समुह २०३ दशमलव ७९ अंकले घटेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया