एनआईडीसीलाई मर्ज गर्न राष्ट्रिय वाणिज्य बैंकले पायो अन्तिम स्वीकृति, १९ गतेदेखि एकिकृत कारोबार


आर्थिकन्यूज

काठमाडौं, वैशाख ४ । एनआइडीसी डेभलपमेन्ट बैंकलाई मर्ज गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकले अन्तिम स्वीकृति पाएको छ । एनआइडीसी मर्जका लागि राष्ट्रिय वाणिज्य बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार अन्तिम स्वीकृति प्रदान गरेको हो । यस अघि नेपाल राष्ट्र बैंकले चैत्र २२ गते नै मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको थियो ।

Eco Roofing

अन्तिम स्वीकृति पाएसँगै एकिकृत कारोबारको मिति समेत तय भइसकेको राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सीए भुपेन्द्र पाण्डेले बताए । नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले दिएको जानकारी अनुसार आगामी १९ गतेदेखि दुई बैंकको एकिकृत कारोबार शुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया