मञ्जुश्री फाइनान्सले नाफा बढायो


आर्थिकन्यूज

काठमाडौं वैशाख ४ । मञ्जुश्री फाइनान्स लिमिटेड (Manjushree Finance Ltd.) ले आव २०७४/७५ को तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको भन्दा ४९ दशमलव ४८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ कमाएको थियो ।

Eco Roofing

फाइनान्सले खुद मुनाफामा ३० दशमलव ३३ प्रतिशतले र सञ्चालन मुनाफा ५ दशमलव ३५ प्रतिशतले वृद्धि गरेको हुँदा नाफामा पनि वृद्धि देखिएको हो । जसले अन्य सञ्चालन मुनाफा २ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।

६२ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले १६ प्रतिशतले वृद्धि गरी हाल ७२ करोड ४३ लाख रुपैयाँ पुगेको छ । जसले गत आवको मुनाफामाबाट बोनस र थप ५ प्रतिशत हकप्रद शेयरबाट ८० करोड रुपैयाँ पुर्याउँदैछ । जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ राखेको छ ।

निक्षेपमा ७२ दशमलव ५४ प्रतिशतले बढेर ५ अर्ब ६१ करोड ८२ लाख रुपैयाँ संकलन गरी कर्जामा ४ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्स (MFIL) को पुँजीकोष अनुपात १६ दशमलव २० प्रतिशत, निष्कृय कर्जा २ दशमलव १३ प्रतिशत, प्रतिशेयर आम्दानी १० दशमलव ६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १२ दशमलव ८२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २१ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ५२ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया