काठमाडौं भ्यू टावरका सञ्चालक बैंक ठगी काण्डमा पक्राउ


आर्थिकन्यूज
काठमाडौं-भ्यु-टावरमा-‘चोरमाथि-चण्डाल’-को-नजर

 

Eco Roofing

काठमाडौं, बैशाख ३ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौं भ्यू टावरका सञ्चालक मनोज भेटवाललाई पक्राउ गरेको छ । उनलाई सिआइवीले एपेक्स डेभलपमेन्ट बैंक घोटलामा संलग्न रहेको भन्दै सोमबार पक्राउ गरेको सिआइबीले जनाएको छ ।

भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको सिआइबीले जनाएको छ ।

त्यसैगरी मुलुककै नमूनाको रुपमा निर्माणाधीन काठमाडौं भ्यूटावरका ठेकेदार जलेश्वर स्वच्छन्द बिकोई प्रालिका अध्यक्ष समेत रहेका मनोजकुमार भेटवाल र सोही कम्पनीका अर्का सञ्चालक भैरवप्रसाद भेटवालसमेत कालोसूचीमा परेका छन् । उनीहरुलाई केन्द्रले गत असोज ६ गते कालोसूचीमा राखेको हो । उनीहरु केन्द्रको सि.नं. ५५२७ र कालोसूची नम्बर ८४९१ मा रहेका छन् ।

कालोसूचीमा जीएसए लिनेदेखि भ्यूटावर बनाउनेसम्म

फेसबुकबाट तपाईको प्रतिक्रिया