विद्युतीय कारोबारमा कडाइ, क्रेडिट कार्डबाट अत्यावश्यक भएको बेला मात्र नगद झिक्न पाइने


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । विद्युतीय कारोबारमा राष्ट्र बैंकले नयाँ नियम लागू गर्दै कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार विद्युतीय कारोबारमा नयाँ निर्देशिका जारि गर्दै सामान्यतय अबस्थामा क्रेडिट कार्डबाट कारोबार गर्न नपाइने नयाँ व्याबस्था लागू गरेको छ भने अत्यावश्यक अबस्थामा पनि स्विकृति क्रेडिट कार्डको सिमामा रहि २५ हजारसम्म नगद झिक्न सकिने छ ।

Eco Roofing

त्यस्तैगरि प्रिपेड कार्डमा एक पटकमा अधिकतम एक लाख रुपैयाँसम्मको कार्ड जारि गर्न सकिने नयाँ व्यबस्था गरेको छ ।

भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । एजेन्ट र सव एजेन्टबाट एक पटकमा अधिकतम पाँच हजारसम्म र एक दिनमा १५ हजारसम्म र मासिक २५ हजारसम्म जम्मा गर्न सकिने छ ।

मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम एक दिनमा १० हजारसम्म मात्र गर्न पाइन्छ । महिना दिनमा ५० हजारसम्म मात्र पाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक एक लाखसम्म कारोबार गर्न सकिने छ । मासिक रुपमा ५ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ। इन्टरनेट बैंकिङबाट बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम एक लाख र मासिक १० लाखसम्म पठाउन मिल्ने छ ।

त्यस्तै विदेशबाट पठाएको रेमिट्यान्समा पनि नयाँ नियम बनेको छ । विदेशबाट पठाएको २०७५ असार मसान्तसम्म रेमिट्यान्स कम्पनी वा सव एजेन्टमार्फत पठाएको रकम बैंक मार्फत २ लाख रुपैयाँसम्म नगद भुक्तानी दिनसक्ने छन् भन् आउँदो आर्थिक मसान्तबाट यो रकम एक लाख रुपैयाँसम्म मात्र नगद भुक्तानी दिन पाउने व्यबस्था रहेको छ । सोभन्दा माथिको रकम बैंकको खाता मार्फत मात्र गरिने उल्लेख छ ।

सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरु बील बमोजिमको भुक्तानी गर्न मिल्ने छ । बैंकबाट वालेटमा एक पटकमा कम्तिमा १०० र अधिकतम ५००० हजारसम्म जम्मा गर्न पाइने छ। दिनभरीमा १५ हजारसम्म जम्मा गर्न पाइने छ ।

राष्ट्र बैंकको निर्देशिकाको पूर्णपाठ

Transaction_ Limit_ Circular_20750103

फेसबुकबाट तपाईको प्रतिक्रिया