कोहलपुर पुग्यो जनता बैंक


आर्थिकन्यूज
जनता बैंक

काठमाडौं, वैशाख ३ । जनता बैंक नेपालले कोहलपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबार कोहलपुर शाखाबाट कारोवार शुभारम्भ गरेको हो । कोहलपुर नगरपालिकावडा नं. ११, बाँकेमा रहेको यस शाखा बैंकको १०८ औंशाखाहो भने बाँके जिल्लाको दोस्रो शाखाहो ।

Eco Roofing

यस शाखाबाट पनि अन्यशाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यैंकासुरेन्स सेवा पनि लिन सकिने बैंकले जनाएको छ ।

यस सँगै जनता बैंकको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया