कोक खाम् रसिया जाम छैठौं साताका विजेता चयन


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम्’ अभियानअन्तर्गत छैठौं हप्ताका विजेता घोषणा गरेको छ । यस हप्ता कम्पनीले ६ जनाको नाम घोषणा गरेको छ । कोकाकोलाले सञ्चालन गरेको यो अभियानमा हालसम्म २७ जना विजेता घोषणा भइसकेका छन् । यस योजनाअन्तर्गत ४० विजेताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

Eco Roofing

त्यसको लागी हरेक हप्ता भाग्यमानी बिजेताको नाम लक्की ड्रमार्फत छनोट हुँदै आईरहेको छ भने २ जना ग्राहकले २४ इन्चको टेलिभिजन जित्दै आएका छन् । हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्दै आएका छन् । यस हप्ता रसियामा हुने विश्वकप हेर्न जान छनोट भएकामा गौरब बिजुक्छे चुनदेवी, रवीन्द्र शाक्य असन, चेत नारायण श्रेष्ठ धरान, जनक बस्नेत उर्लाबारी, मिठु भण्डारी भरतपुर र सुजन केसी सीतापाइला रहेका छन् । यस हप्ताको २४ इन्चको टेलिभिजन विजेतामा हेटौडाका सुजन स्यानताङ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया