कैलाश विकास बैंक ४८ औं शाखा विस्तार


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । कैलाश विकास बैंक लिमिटेडले बारा जिल्लाको गंजभवानीपुरमा आफ््नो ४८ औँ शाखा विस्तार गरेको छ । बैंकले उक्त शाखा सोमवारदेखि सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले गरिन् ।

Eco Roofing

उक्त कार्यक्रममा बैंकका सिनियर एक्ज्यूकेटिभ कृष्णगोपाल मानन्धरले यस संस्थाले वित्तिय क्षेत्रमा पु¥याएको योगदानको वारेमा प्रकाश पारेका थिए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले २०७४ चैत्र मसान्त सम्म रु.२० अर्व ३६ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

यस संस्थाले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको छ भने नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मानहरु समेत प्राप्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया