प्रहरीलाई कारबाहीको माग गर्दै वीरगंजमा आन्दोलन


आर्थिकन्यूज
File Picture

वीरगञ्ज, वैशाख ३ । प्रहरीले विनाकारण ट्यांकर चालकलाई पिटेको भन्दै वीरगञ्जमा आन्दोलन शुरु भएको छ । एक जना ट्यांकर चालकलाई प्रहरीले कुटपीट गरेको विरोधमा ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् ।
ट्याङ्कर चालक संघको आहृवानमा चालकहरुले सोमबार बिहानदेखि भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ ल्याएका छैनन् ।

Eco Roofing

वीरगञ्जको इनर्वा प्रहरी चौकीका प्रमुख विनोद मल्लिक र प्रहरीहरुले अनाहकमा ट्यांकर चालकलाई दुव्र्यवहार र कुटपिट गर्ने गरेको आरोप ट्याङ्कर चालकहरुको छ । ट्याङ्कर चालकलाई दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारवाही र कुटपिटबाट घाइते भएका ट्यांकर चालक सन्तोष प्रसाईको उपचार गर्न ट्यांकर चालकहरुले माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया