एनआईसी एसिया ग्रोथ फन्ड र ऋणपत्र सूचीकृत


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । एनआईसी एसिया ग्रोथ फन्डको ८ करोड ३५ लाख २० हजार इकाई नेप्सेमा सोमबार सूचीकृत भएको छ । फन्डले माघ २ देखि ८ गतेसम्म प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गरेको थियो ।
१ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याएर बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।
त्यस्तै पुस १३ देखि १७ गतेसम्म प्रतिइकाई १००० रुपैयाँमो एनआईसी एसिया बैंकले बिक्री खुला गरेको ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र पनि आगामी साताबाट कारोबार हुने भएको छ । सो ऋणपत्र पनि सोमबार सूचीकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया