नयाँ वर्षपछि पुँजी बजार उर्लियो


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । नयाँ वर्ष एवम् साताको दोस्रो दिन सोमबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । शुरूमा केही गिरावट देखिए पनि परिसूचक वृद्धि हुँदै १३ सयभन्दा माथिको बिन्दूमा पुगेको थियो । यद्यपि, कारोबार बन्द हुँदा नेप्से १७ दशमलव ४२ अंकले वृद्धि भई नेप्से परिसूचक १२९७ दशमलव ५७ को बिन्दूमा कारोबार भयो ।
सोमबार बिक्रीभन्दा पनि खरिद गर्ने लगानीकर्ताको चाप बढी नै देखिएको थियो । युनाइटेड इन्स्योरेन्सले १० कित्ता बराबर २४ कित्ता हकप्रद शेयर दिने भएपछि यस कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
कुल ५७ करोड ६८ लाख ६१ हजार ८६३ रुपैयाँमा ११ लाख ७८ हजार ७३८ कित्ता कारोबार भएको छ । यस दिन अन्य समूहबाहेक सबै समूह वृद्धि भएका छन् । अन्य समूह न्यून अंकले मात्रै गिरावट आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया