नेप्से हरियाली, उचारचढाव जारी


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । सोमबार शेयर बजार हरीयाली देखिएको छ । बजार हरियाली देखिएपनि नेप्सेमा उचारचढाव भने जारी रहेको छ । सोमबार १२८० दशमलव १६ अंकबाट शुरु भएको कारोबार ११ बजेर ३१ मिनेट जादा १२७७ दशमलव ०१ सम्म पुगेको थियो ।

Eco Roofing

त्यस पछि उकालो लागेको नेप्से परिसुचक १२ बज्दा १२९६को विन्दु सम्म पुगेको थियो । त्यस पछि फेरी ओरालो तर्फ लागेको शेयर बजार १२ बजेर ५० मिनेट जादा १२८६ दशमलव ९५ को बिन्दुमा देखिएको छ । सो अवधि सम्म १६ करोड ७ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । यो अपडेट १२ बजेर ५० मिनेट जादा सम्मको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया