वर्षको पहिलो कारोबारमा सामान्य सुधार


आर्थिकन्यूज

काठमाडौं, वैशाख २ । यस वर्षको पहिलोे शेयर कारोबारमा सामान्य अंकले वृद्धि भयो । कारोबार बढेर शुरु भए पनि क्रमशः नेप्सेमा गिरावट आउँदा १२ बजे दुई अंकको गिरावट भएको थियो । त्यसपछि क्रमशः सुधार हुँदै कारोबार बन्द हुँदासम्म नेप्से २दशमलव ६० अंकले वृद्धि भएको छ ।

Eco Roofing

यस दिन कुल ६ लमख ५५ हजार३ सय १४ कित्ता खरिद बिक्री हुँदा ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ । साढे १२ बजेदेखि पौने २ बजेसम्म बजार स्थिर रहेको थियो ।

आज ५ प्रतिशतभन्दा बढी कमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स तथा प्रिमियर इन्स्योरेन्सका लागनीकर्ताहरु रहेको छन् । उक्त कम्पनीका लगानीकर्ताहरुले क्रमशः ६ दशमलव ७८ प्रतिशत, ५ दशमलव ५२ प्रतिशत तथा ५ दशमलव ४२ प्रतिशतले कमाए ।

त्यस्तै सर्वाधिक गुमाउने कम्पनीमा नेशनल इन्स्योरेन्सका प्रोमोटरका लागनीकर्ता रहेका छन् उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले गुमाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया