महालक्ष्मी विकास बैंकद्वारा स्मार्ट बैंकिङ्ग सेवाको सुरुवात


आर्थिकन्यूज

काठमाडौं, चैत ३० । विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैंक लि. ले स्मार्ट बैंकिङ्ग सोलुसन संचालन गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा बिहीबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उक्त एमएलबीबीएल स्मार्ट बैंकिङ्ग सोलुसनको उद्घाटन गरेका हुन् ।

Eco Roofing

बैंकले ग्राहकवर्गहरुलाई छिटो छरितो र अझ सरल बैकिङ्ग सेवा उपलब्ध गराउन उक्त सेवाको सुरुवात गरेको हो । जसअन्तर्गत नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुल भुक्तानी, ई–सेवामा रकमान्तर जस्ता सुविधाहरु रहेका छन् ।

उक्त कार्यक्रममा नियमनकारी निकायका उच्च पदस्थ अधिकारीहरु, विभिन्न वित्तिय संघ संस्थाका प्रतिनिधिहरु, बैँकका संचालक समितिका अध्यक्ष एवं सदस्यहरु, बैँकका संचालक समितिका पुर्व सदस्यहरु, संचारकर्मीहरु, बैँकका शेयरधनीहरु, ग्राहकवर्ग तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया