इन्टरनेटमार्फत शेयर खरिद गर्न सकिने, नयाँ वर्षबाट नै लागू हुने


आर्थिकन्यूज

काठमाडौं, चैत ३० । लगानीकर्ताले अबदेखि इन्टरनेटमार्फत शेयर खरिद गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले आगामी नयाँ वर्ष २०७५ देखिनै इन्टरनेटमार्पmत शेयर किनबेच गर्न सकिने जनाएको छ ।

Eco Roofing

बोर्डले नयाँ वर्षदेखि नै उक्त व्यवस्था धितोपत्र खरिद विक्रीको लागि खरिदबिक्री आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीलाई परिपत्र गरेको जानकारी दिएको छ ।

यसअघि २०७३ फागुन २६ मा ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोवार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न परिपत्र गरिएकोमा हाल उक्त व्यवस्था लागू हुने भएको हो ।

बोर्डले उक्त व्यवस्था सरोकारवाला निकाय ब्रोकर व्याक अफिस प्रणाली प्रदायक कम्पनीहरु तथा लगानीकर्ता संघहरुसँग विभिन्न चरणमा छलफल समेत भईसकेको छलफलबाट प्राप्त सुझाव अन्सार नै सो व्यवस्था लागू गर्न लागिएको बताएको छ ।

उर्पयुक्त व्यवस्थावाट लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनु पर्न झन्झटको अन्त्य हुने, धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज तथा पारदर्शी हुने बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बताए ।

सो व्यवस्थाबाट सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार ⁄ सहज हुने वोर्डको अपेक्षा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया