आउला त नेपाल–भारतबीचको सम्बन्धमा सुधार ?


आर्थिकन्यूज

काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी ओली शर्मा भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणका क्रममा उनले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका गर्नुका साथै वीरगन्जमा नवनिर्मित एकीकृत जाँच चौकी (आईसीपी) को हस्तान्तरण तथा समुद्घाटनलगायतका कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Eco Roofing

नेपाल संघीयतामा प्रवेश गरेसँग प्राथमिकतामा रहँदै आरहेको समृद्ध नेपाल र समृद्ध नेपाली भन्ने सपना साकार पार्न मुख्य एजेन्डाका रुपमा आर्थिक विकास रहने बुझिएको छ । नेपालको आर्थिक विकासका लागि यसअघि भएका सन्धि सम्झौताको महत्वपूर्ण भूमिका रहने भएकाले यसको कार्यान्वयनमा प्रधानमन्त्रीले जोड दिने बुझिएको छ ।

भूपरिवेष्टित मुलुकको अधिकार प्रत्योजन गर्न नेपालको जलमार्गसम्म पारवहान पहुँच, यसअघि भएको कोशी र गण्डक सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको ध्यान केन्द्रित हुने बताइएको छ । कोशीमा पानी जहाज चलाउनेदेखि भारतको गंगा नदीबाट पानीजहाजबाट पारवहन सुविधा लिनेसम्मका विषय वस्तु रहेको भारत भ्रमणका क्रममा रहेका छन् । नेपाली ध्वजावहाक पानीजहाज सञ्चालन गर्ने ओलीको इच्छाले यसपटकको भ्रमणले सार्थकता दिन सक्ने बुझिएको छ ।

भारतले गरेको नोटबन्दीका कारण नेपालमा परेको असरका बारेमा पनि प्रधानमन्त्रीले कुरा उठाउने भएका छन् । भारतले २०७३ कार्तिक अन्तिम साता ५ सय र एक हजारमा नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपालमा सर्वसाधारणसँग भएको नोट विभिन्न तरिकाले साटिए पनि बैकिङ च्यानलमा रहेको करिब सात करोड रुपैयाँ भने त्यतिकै खोस्टा बनेर बसेको छ ।

त्यसरी नै भारतबाट नेपालमा फोन गर्दा लाग्ने चर्को शुल्क, प्रवासी नेपालीले वर्षौदेखि बैंक खाता खोल्न नपाएका गुनासालगायतका विषय वस्तु भ्रमणका एजेन्डा हुन् ।

विनाशकारी भूकम्पले त्रसित बनेको बेला सीमा नाका बन्द गरेर घाउमा नुन छर्दै कष्टकर जीवन बाँच्न बाध्य बनाएको भारतले अबको दिनमा नेपाललाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बुझिएको छ । भारत भ्रमणको तयारी गरिरहेका नेपाली प्रधानमन्त्री केपी ओलीसँग फराकिलो छाती बनाएर नेपालको सार्वभौमसत्ता हैसियतलाई ह्ृदयदेखि मनन गर्न भारतीय विपक्षी दलका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर दुःखमा डुबेका नेपालीलाई नाकाबन्दी अझ पीडा थपेको स्मरण गराउँदै नेपाललाई मित्रवत व्यवहार गर्न मोदीलाई आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया