सिंहदरबारभित्रको सर्भरका कारण नेप्से साईटमा समस्या


आर्थिकन्यूज

काठमाडौं, चैत २१ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा समस्या देखिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सिंहदरबारमा भएको डीआइडीसी सर्भरका कारण वेबसाइटमा समस्या देखिएको बताएका छन् ।

Eco Roofing

आर्थिक न्यूजसँगको कुराकानीमा उनले भने, ‘सिंहदरबारमा भएको डीआइडीसी सर्भरमा प्राविधिक समस्या आएकाले वेबसाईटमा समस्या देखिएको हो ।’ उने थपे, ‘अहिले सर्भरमा के समस्या देखिएको हो, त्यसको बारेमा अध्ययन गर्न प्राविधिक टीम सिंहदरबार आईपुगेको छ ।’

उनले वेभसाईटमा समस्या देखिएपनि कारोबार भने सञ्चालन भएको बताए ।

नेप्सेको वेभसाईट डाउन, प्रवक्ताको फोन अफ, सीइओले फोन काटे

फेसबुकबाट तपाईको प्रतिक्रिया