कमोडिटी डेरिभेटिभ एक्सचेञ्जमा ९ वटा बैंक र ५ वटा बीमा कम्पनीको लगानी, चुक्तापुँजी ६८ करोड २५ लाख


आर्थिकन्यूज
कमोडिटी

काठमाडौं,चैत २२ । बस्तु तथा विनिमय बजार सम्बन्धी कारोबार गर्न ६८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी र अधिकृत पुँजी १ अर्ब राखेर नयाँ कमोडिटी डेरिभेटिभ एक्सचेञ्ज धितोपत्र बोर्डमा दर्ता भएको छ । विहीबार दर्ता भएको उक्त एक्सचेञ्जको नाम भने मल्टि डेरिभेटिभ एक्सचेञ्ज रहेको बोर्डले जनाएको छ ।

Eco Roofing

उक्त मल्टि डेरिभेटिभ एक्सचेञ्जमा प्र्रतिष्ठित उद्योगीदेखि ९ वटा बाणिज्य बैंक र ५ वटा बीमा कम्पनीहरुको लगानी रहेको छ भने स्वयडा इन्भेष्टमेन्टको संयोजनमा सञ्चालनमा आउन लागेको मल्टि डेरिभेटिभ एक्सचेञ्जमा चार वटा इन्भेटमेन्ट कम्पनीहरु समेतको लगानी रहेका छ ।

मल्टि डेरिभेटिभ एक्सचेञ्जको संस्थापक बैंकहरुमा सानिमा बैंक,जनता बैंक, सिद्धार्थ बैंक,लक्ष्मी बैंक,सनराइज बैंक, एनसीसी बैंक,एनएबी बैंक,महालक्ष्मी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तैगरि बीमा कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स,एभरेष्ट इन्स्योरेन्स,नेको इन्स्योरेन्स,प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । त्यसैगरि इन्भेष्टमेन्ट कम्पनीहरुमा स्वेडा, सिविआइएल क्यापिटल, एमडिएक्स नेपाल लि., एक्जान्टे इम्भेष्टमेन्ट र गतिशिल इन्भेष्टमेन्ट रहेका छन् ।

मल्टि डेरिभेटिभ एक्सचेञ्जको मुख्य प्रवद्र्धकका रुपमा स्वेडा इन्भेष्टमेन्ट रहेको छ भने अन्य ३८ जना संस्थापक रहेका छन् ।

बस्तु तथा विनियम बजारको एक्सचेन्जको लागि न्युनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ हुनु पर्ने व्यवस्था रहेको भए पनि मल्टि डेरिभेटिभ एक्सचेञ्जले भने ६८ करोड २५ लाख चुक्ता पुँजी जुटाएको छ ।

स्वेडाले जनाए अनुसार नेपालको बस्तु तथा विनियमय बजारलाई मर्यादित र व्यबस्थित गर्नलाई यो नयाँ कम्पनी स्थापना भएको जनाएको छ ।

नेपालमा बस्तु तथा विनिमय बजार सञ्चालनका लागि हालसम्म मल्टि डेरिभेटिभ एक्सचेञ्ज सहित चार वटा एक्सचेञ्ज दर्ता भएको धितोपत्र बोर्डले जनाएको छ । त्यस्तै गैरआवासीय नेपालीको लगानीमा नेपाल डेरिभेटिभ एक्सचेन्ज, नेपाल इन्भेष्टमेन्ट बैंक र दुगड समूहको मर्कन्टाइल एक्सचेन्ज र हाल सञ्चालनमा रहेको कमोडिटी फ्यूचर एक्सचेञ्ज(सिएफक्स) दर्ता भएको छ ।

वस्तु विनिमय बजारको क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरुको सहभागितामा सञ्चालन हुने प्रस्तावित एक्सचेन्जले वस्तु विनिमय बजारसम्बन्धी ऐन २०७४ को अधीनमा रही नेपालमा वस्तुबजारको विकासमा योगदान गर्ने स्वेडा इन्भेष्टमेन्टले अपेक्षा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया