शेयर बजार निकै सुस्त


आर्थिकन्यूज

काठमाडौं, चैत १९ । पछिल्लो समय शेयर बजार लगातार जस्तै घटिरहेको छ । शेयर बजार परिसुचक घटेसँगै कारोबार रकममा पनि निकै खुम्चिएको छ ।

यो साताको दोस्रो दिन पनि बजार अघिल्ला दिनहरुमा जस्तै निकै सुस्त देखिएको छ । उतारचढावका बीच परिसुचक सामान्य तलमाथि भएपनि आज कारोबार रकम भने अत्यन्तै न्यून रहेको छ ।

सोमबारको बजारमा कारोबारको तीन घण्टाको अवधिमा अर्थात दिउँसो २ बजे १४१ कम्पनीको ११ करोड ४ लाख १६ हजार ७१६ रुपैयाँको शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८५ लाख ४३ हजार ४७२ रुपैयाँको शेयर किनबेच भएको छ ।

यो अवधिमा नेप्से परिसुचक २ दशमलव ०८ अंकले घटेर १ हजार १ सय ९४ दशमलव १६ को बिन्दुमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया