सामसङको फ्लेक्स वास वासिङ्ग मेसिन नेपाली बजारमा, यस्तो छ विशेषता


आर्थिकन्यूज

काठमाडौं, चैत ८ । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा फ्लेक्स वास वासिङ्ग मेसिन भित्र्याएको छ । आम नेपाली उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी उक्त उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

Eco Roofing

सामसङले सामसङ फोरममार्फत् यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ । यसको मूल्य रु २ लाख ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङ पनि प्रदान गरिएको छ ।

यो फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरुको साथ कम भाइव्रेट गर्ने खालको प्रविधि यस वासिङ्ग मेसिनमा उपलब्ध हुने छन् ।

अपर वास सुविधाले विभिन्न कपडाहरुलाई एकै साथ धुन सकिन्छ । त्यति मात्र होइन यो सुविधाले गर्दा समय र विजुली पनि कम लाग्दछ । यसमा भएको पावरफुल बबल एक्सन जस्तो विशेषताले यो वासिङ्ग मेसिनमा लुगा धँुदा थप निखारता प्रदान गर्दछ । स्मर्ट कन्ट्रोल प्रविधिको प्रयोग भएको हुँदा वासिङ्गमेसिनले अहिलेको जीवन शैलीलाई थप सुबिधा प्रदान गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया