पूर्व डिआइजी सिलवालको किर्ते मुद्दा चलाउने


आर्थिकन्यूज

काठमाडौं,फागुन ३ । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित पुर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी छाप दस्तखत ’किर्ते’ को मुद्दा चलाउन राय दिएको खबर आजको कान्तिपुरमा छ ।

सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ ।

काठमाडौं सरकारी वकिलको कार्यालयका प्रमुख सुर्य दाहालले राय अध्ययनपछि उचित निर्णय लिईने बताए ।

समाचार लेखेकै कारण आर्थिक न्यूजमाथि डिआइजी नवराज सिलवालको हमला, अनलाईन पत्रकारको विरोध

फेसबुकबाट तपाईको प्रतिक्रिया