नेपालको चमत्कारी जितसँगै विश्व कप खेल्ने बाटो खोल्यो


आर्थिकन्यूज

काठमाडौं,फागुन २ । क्यानडामाथि नेपालले सहज जित निकाल्दै क्रिकेटको एकदिवसीय विश्वकप छनोट खेल खेल्ने स्थान सुरक्षित बनाएको छ ।

सन् २०१९ मा इङ्ल्याण्डमा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको हो । बुधबार नामिबियास्थित वान्डरर्स स्टेडियममा भएको खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ ।

नेपालका करण केसीले नटआउट ४२ रन बनाएर नेपालको टिमलाई जित निकालेका थिए । करणले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गर्दै उक्त रन बनाएका थिए । सन्दीप लामिछानेले पनि नटआउट ५ रन बनाए ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाएको थियो । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन आवश्यक रहेको थियो । पछिल्ला चार बल केसीले रन जोड्न सकेनन् ।

उनले पाँचौं बल भने छक्का प्रहार गर्दै नेपालको जितको निकाल्ने मद्दत गर्यो । अन्तिम बल बाइड भएसँगै नेपालको जित निश्चित भएको थियो ।

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए ।

त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया